नेभिगेशन
समाज

भदौ २३ र २४ जनताको विद्रोह हो, त्यसलाई चुनौती दिनेहरू होसियारः रवि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २३ र २४ लाई जनताको विद्रोह भएको भन्दै त्यसलाई कमजोर नआँक्न  र त्यसलाई दबाउन आँखा नचम्काउन आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार चितवनमा आफ्नो समर्थक र कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘भदौ २३ र २४ जनताको विद्रोह हो । त्यसलाई कमजोर आँक्ने, कुना कुनामा बसेर चुनौती दिने र संसद बिउँताउने भन्दै आँखा तन्काउनेहरु खबरदार । आँखा नचम्काउनु होला । सहिदको रगतको टाटो सुकेको छैन् । शहीदको आमाको आँखा ओभाएको छैन्,’ रविले भने । 

Ncell
Extreme Energy

जेनजीका घाइतेहरू पनि रविले पिर नगर्न र आफ्नो आत्मसम्मानलाई कमजोर नपार्न आग्रह गरे । उनले भने ‘तपाईंहरूले गोली खाएर र गोली बोकेर भोगेको पीडाले देशलाई दुखेको छ । तपाईँहरूको दुखाईलाई खेर जान दिने छैन् । रवि र रास्वपा तपाईंहरूको साथमा छ ।’ २३ गते जनताको छोराछोरीको छातिमा ताकी ताकी गोली हान्नेहरूको विरुद्ध विद्रोह भएको उनले प्रष्ट्याए । 
 

rabidai_sidhakura-1766219869.jpg

rabilamichhane_sidhakura-1766219869.jpg

rabidai_sidhakuraaa-1766219869.jpg

Rabi_sidhakura-1766219868.jpg

Chitwan_sidhakura-1766219868.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिददर १५१.८० रुपैयाँ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिददर १५१.८० रुपैयाँ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पहिरोले खोस्यो घर, खेत र सहारा, चिनाखेतवासीको खल्लो दसैँ

पहिरोले खोस्यो घर, खेत र सहारा, चिनाखेतवासीको खल्लो दसैँ

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन।
भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्।