नेभिगेशन
मुख्य समाचार

भदौ २३ र २४ जनताको विद्रोह हो, त्यसलाई चुनौती दिनेहरू होसियारः रवि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २३ र २४ लाई जनताको विद्रोह भएको भन्दै त्यसलाई कमजोर नआँक्न  र त्यसलाई दबाउन आँखा नचम्काउन आग्रह गरेका छन् । 

शनिबार चितवनमा आफ्नो समर्थक र कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘भदौ २३ र २४ जनताको विद्रोह हो । त्यसलाई कमजोर आँक्ने, कुना कुनामा बसेर चुनौती दिने र संसद बिउँताउने भन्दै आँखा तन्काउनेहरु खबरदार । आँखा नचम्काउनु होला । सहिदको रगतको टाटो सुकेको छैन् । शहीदको आमाको आँखा ओभाएको छैन्,’ रविले भने । 

CG

जेनजीका घाइतेहरू पनि रविले पिर नगर्न र आफ्नो आत्मसम्मानलाई कमजोर नपार्न आग्रह गरे । उनले भने ‘तपाईंहरूले गोली खाएर र गोली बोकेर भोगेको पीडाले देशलाई दुखेको छ । तपाईँहरूको दुखाईलाई खेर जान दिने छैन् । रवि र रास्वपा तपाईंहरूको साथमा छ ।’ २३ गते जनताको छोराछोरीको छातिमा ताकी ताकी गोली हान्नेहरूको विरुद्ध विद्रोह भएको उनले प्रष्ट्याए । 
 

rabidai_sidhakura-1766219869.jpg

rabilamichhane_sidhakura-1766219869.jpg

rabidai_sidhakuraaa-1766219869.jpg

Rabi_sidhakura-1766219868.jpg

Chitwan_sidhakura-1766219868.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाद्वारा सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारसँग छलफल

रास्वपाद्वारा सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारसँग छलफल

रास्वपाका नेता एवं उम्मेदवार छनोट समितिका संयोजक विराजभक्त श्रेष्ठले आगामी निर्वाचनका लागि रास्वपाबाट योग्य उम्मेदवार छनोट गर्न सम्भावित व्यक्तिसँग छलफल  गरिएको जानकारी दिनुभयो ।  छनोट भएका उम्मेदवारलाई पार्टीको...
काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

त्यहाँ शनिबार बिहान आयोजित स्वागत सभामा सहभागी भएका उनी काठमाडौँ फर्किएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा पञ्चेबाजासहित नेता कार्यकर्ता र समर्थकहरू पुगेका थिए ।
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ । “पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो...