नेभिगेशन
मुख्य समाचार

गोली नहानेर जनता बचाउने नेपाली सेना र सुरक्षा निकायलाई बदनाम गर्न खोजिदैँछ ः रवि

भरतपुर।चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ मा नेपाली सेनासहितका सुरक्षा निकायले संयमपूर्वक जनताको जीवन जोगाएको बताएका छन् । 

भदौ २३ को नरसंहार विरुद्ध जनता जागेपछि त्यसलाई सुरक्षा निकायले सहयोग गरेको उनले बताए । शनिवार चितवनको भरतपुरमा आयोजित स्वागत सभामा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

CG

Chitwan_sidhakura-1766219868.jpg
 

राष्ट्र कमजोर बनाउन नेपाली सेना लगायतका सुरक्षा निकायमाथि आरोप थोपरिएको भन्दै उनले त्यसबाट हतोत्साही नबन्न र उच्च मनोबलका साथ रहन सुरक्षा निकायलाई आग्रह गरे । 

‘भदौ २४ मा नेपाली सेनाले संयमपूर्वक जनता जोगाएको हो । जनतालाई गोली नहानेको हो । सेनालाई सम्मान गर्नु पर्ने हो तर अहिले सेनालाई विवादमा तान्न जवरजस्त प्रयास भइरहेको छ,’ लामिछानेले भने,'राष्ट्रलाई कमजोर पार्न यि निकायहरूलाई आक्रमण गर्न बन्द गर्नुहोला । '

RSP_chitwan1-1766213108.jpg
 

प्रहरी लगायतका सुरक्षा निकायलाई उनले हरेक आन्दोलनमा पेलाइमा पर्ने र दुःख पाउने अवस्था सधैँ नरहने कुरामा आश्वस्त हुन आग्रह गरे । अब देखि भ्रष्टाचारको आहालमा डुबेकालाई सलाम गर्न पर्ने छैन् भन्दै उनले प्रहरीलाई जनताको शासन निर्वाचनबाट स्थापित भएको दिन सबैको भलो हुने र सबैले न्याय पाउने बताए । 

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लामिछानेले घाइतेहरूलाई शिघ्र स्वास्थ्य लाभको कामना गरे । 

rabidai_sidhakura1-1766219699.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी शहिद परिवारसँगकाे भेटघाटमा भक्कानिए रवि!

जेनजी शहिद परिवारसँगकाे भेटघाटमा भक्कानिए रवि!

काठमाडौंकाे बबरमहलस्थित सहिद परिवार कल्याण संस्थाकाे कार्यालय पुगेका थिए । सहिद परिवारले आफ्नो वेदना सुनाउन सुरु गरेलगत्तै रवि भक्कानिएका थिए । उनले आफूले भिरेकाे राताे मफ्लरले आँखा पुछेर...
निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

“घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता  निर्वाचनका लागि तयार भइरहेका छन्”संयोजक दाहालले भने, “निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको...
रास्वपाद्वारा सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारसँग छलफल

रास्वपाद्वारा सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारसँग छलफल

रास्वपाका नेता एवं उम्मेदवार छनोट समितिका संयोजक विराजभक्त श्रेष्ठले आगामी निर्वाचनका लागि रास्वपाबाट योग्य उम्मेदवार छनोट गर्न सम्भावित व्यक्तिसँग छलफल  गरिएको जानकारी दिनुभयो ।  छनोट भएका उम्मेदवारलाई पार्टीको...
काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

त्यहाँ शनिबार बिहान आयोजित स्वागत सभामा सहभागी भएका उनी काठमाडौँ फर्किएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा पञ्चेबाजासहित नेता कार्यकर्ता र समर्थकहरू पुगेका थिए ।