नेभिगेशन
समाज

गोली नहानेर जनता बचाउने नेपाली सेना र सुरक्षा निकायलाई बदनाम गर्न खोजिदैँछ ः रवि

भरतपुर।चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ मा नेपाली सेनासहितका सुरक्षा निकायले संयमपूर्वक जनताको जीवन जोगाएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ २३ को नरसंहार विरुद्ध जनता जागेपछि त्यसलाई सुरक्षा निकायले सहयोग गरेको उनले बताए । शनिवार चितवनको भरतपुरमा आयोजित स्वागत सभामा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

Ncell
Extreme Energy

Chitwan_sidhakura-1766219868.jpg
 

राष्ट्र कमजोर बनाउन नेपाली सेना लगायतका सुरक्षा निकायमाथि आरोप थोपरिएको भन्दै उनले त्यसबाट हतोत्साही नबन्न र उच्च मनोबलका साथ रहन सुरक्षा निकायलाई आग्रह गरे । 

‘भदौ २४ मा नेपाली सेनाले संयमपूर्वक जनता जोगाएको हो । जनतालाई गोली नहानेको हो । सेनालाई सम्मान गर्नु पर्ने हो तर अहिले सेनालाई विवादमा तान्न जवरजस्त प्रयास भइरहेको छ,’ लामिछानेले भने,'राष्ट्रलाई कमजोर पार्न यि निकायहरूलाई आक्रमण गर्न बन्द गर्नुहोला । '

RSP_chitwan1-1766213108.jpg
 

प्रहरी लगायतका सुरक्षा निकायलाई उनले हरेक आन्दोलनमा पेलाइमा पर्ने र दुःख पाउने अवस्था सधैँ नरहने कुरामा आश्वस्त हुन आग्रह गरे । अब देखि भ्रष्टाचारको आहालमा डुबेकालाई सलाम गर्न पर्ने छैन् भन्दै उनले प्रहरीलाई जनताको शासन निर्वाचनबाट स्थापित भएको दिन सबैको भलो हुने र सबैले न्याय पाउने बताए । 

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लामिछानेले घाइतेहरूलाई शिघ्र स्वास्थ्य लाभको कामना गरे । 

rabidai_sidhakura1-1766219699.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिददर १५१.८० रुपैयाँ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिददर १५१.८० रुपैयाँ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पहिरोले खोस्यो घर, खेत र सहारा, चिनाखेतवासीको खल्लो दसैँ

पहिरोले खोस्यो घर, खेत र सहारा, चिनाखेतवासीको खल्लो दसैँ

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन।
भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्।