नेभिगेशन
समाज

राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबीच एकताको सहमति भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार राप्रपा पार्टी कार्यालय धुम्वाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । 

Ncell
Extreme Energy

दुई पार्टीबीच एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ । एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको सुझाव, दवावलाइ ध्यानमा राखेर बिगतका कमी कमजोरी नहोदरिने गरि एक हुने निर्णय गरेको बताए । उनले राष्ट्रवादी शक्तिहरुलाई एकतामा आउन आह्वान समेत गरे । 

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले समय र परिस्थीतिले एकै ठाँउ आउने अवस्था बनेको भन्दै बिगतका कमिकमजोरीबाट पाठ सिक्दै पार्टीलाई अघि बढाउने बताए । उनले चुनाव भन्दा अघि भ्रष्टाचार र कुशासनको अन्त्यका लागि उपयुक्त तयारी गर्न सकेमात्रै चूनावको अर्थ हुने उल्लेख गरे । 

चारबर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...