नेभिगेशन
समाज

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

काठमाडौँ । नेपाल प्रहरीले नेपालका क्यासिनोमा चल्ने गरेको फिल्मी शैलीको खतरनाक ठगीको पर्दाफास गरेको छ । नेपालका क्यासिनोमा पैसा भएका र जुवाको लत लागेका धनाड्याहरु कसरी लुटिन्छन् भन्ने छर्लङ्ग नयाँ तथ्य खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मान्नुहोस् तपाई तपाईँ तीनपत्ती फ्लास खेल्दै हुनुहुन्छ । तर खेल्न बसेका एक जना व्यक्तिले पछाडिबाटै तपाईँलाई उसलाई के तास परेको छ भन्ने पहिल्यै थाहा हुन्छ । त्यसपछि त्यो खेल कस्तो होला ? नेपालको एक क्यासिनोमा यस्तै हुनेको गरेको पाइएको छ । बलिउड फिल्मलाई मात दिने गरी उच्चतम प्रविधिको प्रयोग गरी नेपालको क्यासिनोमा चल्ने गरेको ठगीधन्दा आजको द रिपोर्टरमा ।   

Ncell
Extreme Energy

पछाडीबाट चिन्नको लागि म्याग्नेटिक तास र विशेष आई लेन्स प्रयोग
यो क्यासिनोमा पहिले नै विशेष खालको म्याग्नेटिक तास प्रवेश भइसकेको हुन्छ । अनि त्यहाँ पहिले नै खेल्नको लागि केही खेलाडी बसेका हुन्छन् । उनीहरूले आँखामा विशेष खालको आइ लेन्स लगाएका हुन्छन् ।

Casino-01-1766668816.jpg
 

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ खेल्ने गर्छन् । त्यसपछि त के चाहियो उनीहरूले सोझा धनाढ्य खेलाडीको सबै पैसा स्वाहा पारिदिन्छन् ।

इभेन्ट नै आयोजना गरी ठगी
उनीहरूले यसरी ठगी गर्नका लागि क्यासिनोमा इभेन्टको आयोजन गर्ने गरेका थिए । यसरी इभेन्ट आयोजना गर्नेमा महाकाय ग्रुपका सुरेश महाजन, बिपी ग्रुपका विनोद भन्ने जनार्दन उप्रेती, एनटी ग्रुपका नितेस ठाक्कर, नातिक ग्रुपका नातिक, आरजी ग्रुपका रजत गोयल, एसजी ग्रुपका सन्तोष गोयल र सेठी ग्रुपका अमित सेठी रहेका छन् । 

उनीहरूले काठमाडौँका बस्ने व्यवस्था गर्ने, पशुपतिनाथको दर्शन गराउने र साइट सिइङ गर्न पाइने भन्दै इभेन्टमा खेलाडीहरू ल्याउने गर्दथे । उनीहरूले मेरियट, एलफ्ट र र्याडिसन होटेलमा उनीहरूको बस्ने व्यवस्था गराएका हुन्थे । उनीहरूले डिसेम्बर ११ देखि १४ सम्म नेपालमा इभेन्ट गर्ने भन्दै विज्ञापन गरेका थिए । 

Casino-04-1766668819.jpg
यो इभेन्टको मुख्य व्यवस्थापक महाकाय ग्रुपका सुरेश महाजन हुन् । उनले साथमा आफ्ना तर्फबाट खेल्ने डमी खेलाडीहरू पनि ल्याएका हुन्थे । ती खेलाडीहरूलाई भने होटेल एलफ्टमा राखिएको थियो । 

उनीहरूले होटेल एलफ्टमा ४० ओटा, होटेल मेरियटमा ५० ओटा र होटेल र्याडिसनमा २० ओटना रुम बुक गरेका थिए । त्यस्तै होटेल ह्यातमा सञ्चालित क्यासिनो प्राइडका सञ्चालक बिनय शाह र दावा सेट्टी भन्ने दावा शेर्पा लगायत अन्य केही नेपाली पनि यस ग्रुपको सम्पर्कमा रहेको पाइएको छ । यिनीहरूले विगत २ वर्षदेखि नेपालका क्यासिनोमा यसरी इभेन्टको आयोजना गर्दै आएका थिए । 

नेपालबाट भने बिपी ग्रुप र यसका खेलाडी यो इभेन्टमा सहभागी थिए । सो ग्रुपका बिनोद भन्ने जनार्दन उप्रेतीले इभेन्ट आयोजक, खेलाडीर कर्मचारीलाई होटेल,प्लेन टिकट, टेबल बुकिङको काम गर्दथे । उनले होटेल क्यासिनोको बिल भुक्तानी बिपी ग्रुपको नाममा गराउने गरेका थिए । त्यति मात्र होइन उनी नेपाली भए पनि सेटिङ मिलाएर आफै खेलमा समेत सहभागी भएको पाइएको छ । 

भारतबाट ल्याइन्थ्यो तास र लेन्स
क्यासिनोमा खेलाउनका लागि महाकाय ग्रुपका दिनेश वर्माले ५० प्याकेट म्याग्नेटिक तास र ४ सेट लेन्स भारतबाट खरिद गरेका थिए । बिपी ग्रुपका बिनोद भनिने जनार्दन उप्रेतीले १२ म्याग्नेटिक तास क्यासिनोमा प्रवेश गराएका थिए । ३८ प्याकेट सिल प्याक तास होटेलमा स्टक राखेका थिए । 
प्रहरीले २ सेट आई लेन्स र २ सेट आइलेन्सको खाली डब्बा बरामद गरेको छ । जसमा १ जोर आई लेन्स डमी खेलाडीले लगाइराखेको र खाली डब्बाको लेन्स गोरव खत्री र मोनु भन्ने निरज कुमार लगाएर फरार भएका थिए । 

Casino-03-1766668819.jpg
 

ठगेको रकमको यसरी हुन्थ्यो बाँडफाँड
ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरि ईभेण्ट सञ्चालक सुरेश महाजन र दिनेश बर्मा बिच सहमति भएको समेत अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले यसरी ठगी गर्ने गिरोहका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ भने ७ जना फरार रहेका छन् । पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् । त्यस्तै क्यासिनो सञ्चालक, विनोद भन्ने जनादैन उप्रेती, गौरब खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भन्ने फरार रहेका छन् । 

इभेन्टको नाममा स्क्याम चलाइएको वाल्डो क्यासिनोमा हङकङको एक कम्पनी र पेमा गुरुङको लगानी रहेको पाइएको छ । जसको पुँजी २ अर्ब बराबरको रहेको पाइएको छ । 

यो ठगीमा हुण्डीमर्फात कारोबार हुने गरेको पनि खुलेको छ । जसका लागि उनीहरूले विनोद नेपाल २ भन्ने वाट्एप ग्रुप सञ्चालन गरेको पाइएको छ । त्यो ग्रुपमा एउटा भारतीय १० रुपैयाँको नोटको फोटो छ । र त्यही फोटोमा भएको नम्बरलाई कोडका रुपमा प्रयोग गरेर उनीहरूले कहाँ कसरी पैसाको लेनदेन गर्ने भनेर कुरा गर्थे ।

जुन ग्रुपमा केजी भन्ने शब्द प्रयोग भएको छ । लाख भन्नको लागि उनीहरूले केजी भन्ने शब्द प्रयोग गर्दथे । 
यो धन्दाले नेपालको अर्थव्यवस्थामै ठूलो धक्का लागेको प्रहरीले जनाएको छ । यो प्रकरणमा क्यासिनो सञ्चालकको समेत कैफियत देखिएकाले सबै कोणबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Casino-06-1766668820.jpg
 

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

‘एकदमै छोटो समयमा वडादेखि सबै तहको अधिवेशन गर्नुपर्ने छ’ एक केन्द्रीय सदस्यले भने, ‘विवाद भएन भने त सकिएला, विवाद भयो भने कार्यतालिका अनुसार अगाडि बढ्न मुस्किल छ।’

भर्खरै