नेभिगेशन
सिधाकुरा विशेष

रास्वपासँग कुलमानको महत्वकाङ्क्षी पाँच बार्गेनिङ,जसले एकता भङ्ग गरायो

रास्वपा र उज्यालो नेपाल पार्टी बीचको एकताको सहमति १२ औँ दिनमा भाँडिएको छ । पुस १४ गते राति दुई पार्टीबीच एकताको सहमति भएको थियो ।

तर, शुक्रबार र शनिबार दुई दिनको घनिभूत छलफल र वार्ता एकतालाई पूर्णता दिन उन्मुख नभएपछि अन्तत  उक्त एकताको सहमति भाँडिएको दुवैपक्षका नेताहरूले बताएका छन् । 

CG

रास्वपाले ५ वटा अति महत्वकाङ्क्षी मागका कारण एकतालाई निरन्तरता दिन नसकिएको बताएको छ । उता उज्यालो नेपाल पार्टीले रास्वपासँग एकता टुटेको बताए पनि के कारण यसो भएको हो भन्ने कुरा आज साँझ नै पत्रकार सम्मेलन गरेर जानकारी दिने भनेको छ। 

रास्वपा नेता गणेश पराजुलीले उज्यालो पार्टीसँगको एकता टुटेको बताए । उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्य जितमान लामाले पनि रास्वपासँगको एकता भङ्ग  भएको बताए । 

रास्वपा नेताहरुकाअनुसार उज्यालो नेपाल पार्टीले मागेको महत्वकाङ्क्षी मागका कारण रास्वपाले एकतालाई निरन्तरता दिन नसकेको दाबी गरेको छ । 

नेताहरुकाअनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले रास्वपासँग ५ वटा फरक फरक त्यस्ता माग राखेका थिए । जसले दुई पार्टीलाई एकतालाई अघि बढाउनै सकेन । 

उच्च स्रोतकाअनुसार कुलमानले आफूलाई रास्वपाको वरिष्ठ उपसभापति पद माग गरेका थिए । जबकी पुस १४ गते भएको सहमतिमा वर्णानुक्रमअनुसार उपसभापति त्रेयको नाम राखिएको थियो । सहमतिका बखत पनि कुलमानलाई वरिष्ठ उपसभापति दिने कुनै समझदारी भएको थिएन । कुलमानले एकतापछि पार्टीको नाममा समेत ‘उज्यालो’ शब्द समावेश गर्नुपर्ने माग राखेका थिए । 

यस्तै, कुलमानले रास्वपासँग पदाधिकारीमा ५ जना आफ्नो सदस्य हुनुपर्ने माग गरेको थियो भने सचिवालयमा ७ जना कम्तिमा आफ्नो मान्छे राख्नु पर्ने माग कुलमान पक्षको थियो । समानुपातिक निर्वाचनमा आफ्नो पक्षको उम्मेदवार रास्वपाबाट पाइसकेको कुलमान पक्षले प्रत्यक्षमा जित्‍ने ठाउँ नै तोकेर उम्मेदवार पाउनु पर्ने माग गरेको पनि रास्वपा नेताहरूको दाबी छ । 

यस्तै, अब समायोजन हुने केन्द्रिय समितिमा उज्यालो नेपालका सबै केन्द्रिय सदस्यलाई रास्वपाको केन्द्रिय सदस्य बनाउनुपर्ने माग पनि सो पार्टीका तर्फबाट कुलमान घिसिङले गरेको रास्वपाको दाबी छ । 

‘पार्टी संरचना देखि निर्वाचन प्रक्रियाको चरणमा उहाँहरूले महत्वकाङ्क्षी माग अघि सार्नु भयो,’ उज्यालो नेपालसँग वार्तामा बसेका रास्वपाका एक सचिवालय सदस्यले सिधाकुरासँग भने, ‘यो एकता सहमतिको मर्म विपरीतको थियो । हामीले सम्मानपूर्वक एकताको प्रयास गरेका हौँ तर उहाँहरु मान्नु भएन ।’ 

यता उज्यालो नेपाल पार्टीले भने रास्वपासँग कुरा नमिलेका कारण एकता भाँडिएको प्रतिक्रिया दिएको छ । सो पार्टीका केन्द्रिय सदस्य जीतराम लामाले एकता भाँडिएको सिधाकुरालाई बताए । ‘रास्वपासँग किन एकता भाँडियो हामी साँझ पत्रकार सम्मेलन गरेर भन्ने छौँ,’ नेता लामाले सिधाकुरासँग भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार चार वर्षे कार्यकालका लागि परिषद्को केन्द्रीय सदस्यमा मनोनयन गरिएका न्यौपानेले युवा तथा खेलकुद मन्त्री बाब्लु गुप्ताबाट औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन्...
तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै...
रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ । म रास्वपाको साधारण सदस्य भएर...
बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

‘उहाँसँग सहमति नै हुन सक्दैन । म सहमतिको प्रयास गर्दा गर्दै पहिल्यै थाकिसकेको हुँ,’ कुलमानसागको एकता भंगबारे रास्वपा उच्च स्रोतले सिधाकुरासँग भन्यो ।

भर्खरै