नेभिगेशन
जनप्रतिनिधिका कुरा

संसदमा कांग्रेसको माग: प्रधानमन्त्रीलाई उपस्थित गराइयोस्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन माग गरेको छ ।

आजको प्रतिनिधिसभाको आकस्मिक समयमा कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढाउन आग्रह गरे ।

Ncell
Extreme Energy

संसदमा श्रम संस्कृति पार्टीका सांसदहरुले निरन्तर प्लेकार्ड प्रदर्शन गरिरहेको प्रसंग उल्लेख गर्दै सचेतक राईले यस्ता गतिविधि रोक्न पनि प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने दाबी गरे ।

सचेतक राईले प्रधानमन्त्री र सरकारलाई सदनप्रति जिम्मेवार र जवाफदेही बनाउने प्रतिपक्षी दलहरुको प्रयासमा साथ दिन सभामुखसँग आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।