नेभिगेशन
समाज

देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग

नुवाकोट । भोटेकोशी-त्रिशुली बाढीले सबै पुल बगाएपछि नुवाकोट र रसुवाका त्रिशुली वारि र पारिको सम्बन्ध विच्छेद भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अघि शिरखाली नयाँ पुल, देवीघाटको झोलुङ्गे पुल, बुहुनीबेशीको मध्यपहाडी लोकमार्गको पुल, देवीघाट जलविद्युत् आयोजनाको पुल र गौरीबेशीको पुल त्रिशुलीले बगाएसँगै त्यस क्षेत्रका स्थानिय मर्कामा छन् ।

Ncell
Extreme Energy

 देवीघाट र त्रिशुली गुम्बामा तुइन बनाइएपनि आवागमन अत्यन्तै कष्टकर बनेको छ । यस्तोमा नुवाकोटको अधिकांश भेगका लागि पायक पर्ने स्थानमा अस्थायी पुल र झोलुङ्गे पुल निर्माणका लागि स्थानियले माग गरेका छन् ।

नुवाकोटको देवीघाट क्षेत्रलाई केन्द्र बनाएर त्रिशुली नदीमा अस्थायी पुल राख्न सके तारकेश्वर गाउँपालिका, विदुर नगरपालिकाका ३,६, १२ वडा र किस्पाङ तथा मेघाङ जोड्न सकिने छ । यस्तै धादिङको खनियाँबास र रुबी भ्यालीसम्मका स्थानियले लाभ पाउने छन् ।

त्रिशुली नदि पारिको सबै सडक संरचना तन्दुरुस्त रहेकाले देवीघाटमा अस्थायी पुल निर्माण उपयुक्त हुने स्थानिय सागर रिमाल बताउँछन् ।

विदुर-३ का वडाअध्यक्ष बद्री रिमालले पनि शिरखालीमा बगाएको नयाँ पुल भएकै स्थानमा पुल राख्न सकिनेबारे छलफल भइरहेको जानकारी दिनुभयो । त्यहाँको अवस्था अध्ययन गरेर त्यसभन्दा माथि देवीघाट बजार आसपास वा मध्यपहाडी लोकमार्गको बुहुनीबेशीसम्मको कुनै एक स्थानमा पुल राख्दा जिल्लाको उत्तर दक्षिणी क्षेत्रका नागरिकले राहत पाउने उहाँको भनाइ छ । त्यस्तै देवीघाट जलविद्युत् आयोजनाको पुरानो पुल भएको स्थानमा पनि पुल राख्न सकिने स्थानीय प्रकाश अर्याल बताउँछन् । गौरिबेशीको पुल बगाएको स्थानमा पनि पुल राख्न सकिने देखिएको छ । 

मध्यपहाडी लोकमार्गको बुहुनीबेशीमा रहेको पुलको एउटा खम्बा नदिको बिचमा देखिएको छ । त्यहाँ अस्थायी पुल राख्न सकिनेबारे अध्ययन भइरहेको छ । त्रिशुली बजारमा पनि एउटा अस्थायी पुल र झोलुङ्गे पुल राख्नेबारे अध्ययन भइरहेको छ । 
शिरखाली,कुमलटार, चैनपुर, बुहुनीबेशी, मुलथला, गौरिबेशी, पोखरीथोक, भट्टगाउँ,  खड्गभञ्ज्याङ,भमरा, दाङसिङ्, गोरस्याङ, कार्तिकै,कालिमाटी, दर्शनटार लगायतका स्थानिय अहिले त्रिशुली नदिमा पुल नहुँदा चरम समस्यामा परेका छन् । देवीघाटको तुइन तर्न दैनिक सयौं सर्वसाधारणको लाइन लाग्ने गरेको छ । यस्तोमा अस्थायी समाधानका लागि तत्काल राज्यले विकल्प दिनुपर्ने स्थानियको भनाइ छ । 

देवीघाट बजारदेखि  देवीघाट जलविद्युत् आयोजनाको विद्युत् गृह सिंचाई आसपासको क्षेत्रसम्म एउटा अस्थायी पुल र दिर्घकालिन रणनीतिक योजना ल्याउन स्थानियले सरकारसँग माग गरेका हुन् । त्रिशुली पारिका अधिकांश गाउँमा किसानले दुग्ध उत्पादनका लागि पशु पालन गरेका छन् । यस्तै कुखुरा र खसी बाख्रा पालन गरेका किसानलाई अहिले पशु पैक्षी पालनमा समस्या परेको छ । दाना र आहार तथा उपचारका लागि तत्काल अस्थायी पुल निर्माणमा राज्यका तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनीहरुको माग छ । 

पारि सडक सञ्जाल भएपनि त्रिशुली पारि जाने उपाय नहँदा स्थानियका उपज बारीमै कुहीने र पशु चौपायलाई खुवाउने वस्तुको चरम अभाव भएको छ । घाँस काट्ने बारी र खेत बगाएपछि किसानलाई ति चौपायालई के खुवाउने भन्ने चिन्ता थपिएको छ । सरकारले तत्काल त्रिशुली पार गर्ने अस्थायी व्यवस्थापन गर्न नसके त्यस क्षेत्रका किसान थप समस्यामा पर्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...