नेभिगेशन
सबै कुरा

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा

बाँके । आफूहरुले राखेका विभिन्न माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुखको कुर्सी स्ववियुले रुखमा झुण्ड्याइदिएको छ । 

आफूहरुले राखेका जायज मागहरु पूरा नगरेको भन्दै क्याम्पसका स्वबियु अध्यक्ष माधव खत्रीको नेतृत्वमा क्याम्पस प्रमुख लालमणि आचार्यको कुर्सी बिहीबार रुखमा झुण्ड्याइएको हो ।

CG

क्याम्पसमा देखिएका विभिन्न समस्या यथाशीघ्र समाधान गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाउँदा समेत माग पूरा नहुँदा क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएको क्याम्पसका स्वबियु अध्यक्ष माधव खत्रीले बताए ।‘क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बोर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस प्राङ्गणको सरसफाइ हुनुपर्ने माग थिए । ती पूरा नभएपछि यस्तो गर्न बाध्य भयौँ ।’, अध्यक्ष खत्रीले भने ।

यसअघि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...