नेभिगेशन
सबै कुरा

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा

बाँके । आफूहरुले राखेका विभिन्न माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुखको कुर्सी स्ववियुले रुखमा झुण्ड्याइदिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूहरुले राखेका जायज मागहरु पूरा नगरेको भन्दै क्याम्पसका स्वबियु अध्यक्ष माधव खत्रीको नेतृत्वमा क्याम्पस प्रमुख लालमणि आचार्यको कुर्सी बिहीबार रुखमा झुण्ड्याइएको हो ।

Ncell
Extreme Energy

क्याम्पसमा देखिएका विभिन्न समस्या यथाशीघ्र समाधान गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाउँदा समेत माग पूरा नहुँदा क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएको क्याम्पसका स्वबियु अध्यक्ष माधव खत्रीले बताए ।‘क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बोर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस प्राङ्गणको सरसफाइ हुनुपर्ने माग थिए । ती पूरा नभएपछि यस्तो गर्न बाध्य भयौँ ।’, अध्यक्ष खत्रीले भने ।

यसअघि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...