नेभिगेशन
सबै कुरा

भरतपुर अस्पतालले ३० करोड खर्च गरी सुरु गर्यो एमआरआई सेवा

चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार  सङ्घीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोडमा मेसिन खरिद गरिएको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य  परीक्षण हुने उनले जानकारी दिए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ ।  अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

लगातार सुक्खा पहिरो खसेकाले काम नसकिँदासम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवागमन बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मलेखु–मुग्लिन सडकखण्डका रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेले...
लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल

लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने

सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने

आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।