नेभिगेशन
सबै कुरा

औषधि कारोबारको अनुमति लिएर अनलाईन ठगी गर्ने ९ जना पक्राऊ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाईन मार्फत विभिन्न प्रलोभन देखाई ठगी गर्ने ९ जना भारतीय नागरिकलाई पक्राऊ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, पारिजात पथमा मेडी असिष्ट नामको कम्पनी खडा गरी ठगी गरेको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनी दर्ता गरी आन्तरिक राजश्व कार्यालय, हेटौंडा  र हेटौंडा उपमहानगरपालिकामा समेत औषधि कारोबारको दर्ता अनुमति लिएको भए पनि उद्देश्य भन्दा फरक प्रकृतिको अनलाईन ठगी गरेको अनुसन्न्धानबाट पुष्टि भएको थियो । 

Ncell
Extreme Energy

मकवानपुर प्रहरीले भारत आलमगंजका बर्ष २८ का नवनित कुमार, झारखण्डका वर्ष २७ का शाहरुख खान, विहारका बर्ष २९ का कुन्दन कुमार, नैनिताल उत्ताराखण्डका वर्ष २६ का आशिष कब्डौला, राँची झारखण्डका बर्ष ३४ का विशाल कक्कड, राँची झारखण्डका बर्ष ३८ का लोकेश कुमार दुवे, राँची झारखण्डका वर्ष २९ का विकास कुमार सिंह, नांगलोड वेस्टी देल्हीका बर्ष २८ का अरुण कुमार, गजियावाद उत्तर प्रदेशका बर्ष ४० का कुनाल शर्मालाई पक्राऊ गरेको छ भने ३ जना अझै फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ । कम्पनीमा नयाँ दिल्ली स्थायी ठेगाना भएका द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने, मानब स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापहरु सेवा प्रदान गर्ने गरी दर्ता भएको तर उनीहरुले विभिन्न व्यक्तिलाई चिठ्ठा परेको, सामान उपहारमा आएको जस्ता प्रलोभन दिएर समानका लागि केही रकम माग्ने गरेका थिए । 

उनीहरुले भारतको राँचीस्थित मुख्य कार्यलयमा मेन सर्भर राखि क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत काम गर्ने गरेको र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको प्रहरीको भनाइ छ । 

अधिकांश समय राति ८ बजेबाट विहान ४ बजेसम्म काम गर्ने गरेको उनीहरुलाई कम्पनीले भारतीय रुपैयाँ १८ हजारदेखि ५० हजारसम्म तलब दिएर ठगी कार्यमा लगाएको अनुसन्धानको क्रममा खुलेको छ । अनलाईन मार्फत ठगीका लागि आवश्यक सर्भर भारतको राँचीमा राखेका थिए । 

पक्राऊ परेकाहरुबाट प्रहरीले ल्यापटप ७ थान, राउटर ३ थान, मोबाईल फोन १३ थान हार्ड डिस्क १ थान,  हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थानलगायतका सामग्री बरामद गरेको छ । 

पक्राऊ परेका उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१) बिपरित (२) बमोजिम कसुर अपराध गरेको हुँदा सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय हुने गरी कार्वाही प्रकृया अघि बढाईएको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...