नेभिगेशन
सबै कुरा

औषधि कारोबारको अनुमति लिएर अनलाईन ठगी गर्ने ९ जना पक्राऊ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाईन मार्फत विभिन्न प्रलोभन देखाई ठगी गर्ने ९ जना भारतीय नागरिकलाई पक्राऊ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, पारिजात पथमा मेडी असिष्ट नामको कम्पनी खडा गरी ठगी गरेको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनी दर्ता गरी आन्तरिक राजश्व कार्यालय, हेटौंडा  र हेटौंडा उपमहानगरपालिकामा समेत औषधि कारोबारको दर्ता अनुमति लिएको भए पनि उद्देश्य भन्दा फरक प्रकृतिको अनलाईन ठगी गरेको अनुसन्न्धानबाट पुष्टि भएको थियो । 

Extreme Energy

मकवानपुर प्रहरीले भारत आलमगंजका बर्ष २८ का नवनित कुमार, झारखण्डका वर्ष २७ का शाहरुख खान, विहारका बर्ष २९ का कुन्दन कुमार, नैनिताल उत्ताराखण्डका वर्ष २६ का आशिष कब्डौला, राँची झारखण्डका बर्ष ३४ का विशाल कक्कड, राँची झारखण्डका बर्ष ३८ का लोकेश कुमार दुवे, राँची झारखण्डका वर्ष २९ का विकास कुमार सिंह, नांगलोड वेस्टी देल्हीका बर्ष २८ का अरुण कुमार, गजियावाद उत्तर प्रदेशका बर्ष ४० का कुनाल शर्मालाई पक्राऊ गरेको छ भने ३ जना अझै फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ । कम्पनीमा नयाँ दिल्ली स्थायी ठेगाना भएका द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने, मानब स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापहरु सेवा प्रदान गर्ने गरी दर्ता भएको तर उनीहरुले विभिन्न व्यक्तिलाई चिठ्ठा परेको, सामान उपहारमा आएको जस्ता प्रलोभन दिएर समानका लागि केही रकम माग्ने गरेका थिए । 

उनीहरुले भारतको राँचीस्थित मुख्य कार्यलयमा मेन सर्भर राखि क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत काम गर्ने गरेको र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको प्रहरीको भनाइ छ । 

अधिकांश समय राति ८ बजेबाट विहान ४ बजेसम्म काम गर्ने गरेको उनीहरुलाई कम्पनीले भारतीय रुपैयाँ १८ हजारदेखि ५० हजारसम्म तलब दिएर ठगी कार्यमा लगाएको अनुसन्धानको क्रममा खुलेको छ । अनलाईन मार्फत ठगीका लागि आवश्यक सर्भर भारतको राँचीमा राखेका थिए । 

पक्राऊ परेकाहरुबाट प्रहरीले ल्यापटप ७ थान, राउटर ३ थान, मोबाईल फोन १३ थान हार्ड डिस्क १ थान,  हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थानलगायतका सामग्री बरामद गरेको छ । 

पक्राऊ परेका उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१) बिपरित (२) बमोजिम कसुर अपराध गरेको हुँदा सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय हुने गरी कार्वाही प्रकृया अघि बढाईएको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...