नेभिगेशन
सबै कुरा

डा.नवराज लम्साल सम्मानित

काठमाडाैँ । मधुश्री प्रतिष्ठानले डा. नवराज लम्सालसहितका व्यक्तिहरूलाई सम्मानित गरेको छ । प्रा.डा.उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले विभिन्न प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वलाई प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभाको अवसर पारेर शनिबार काठमाडौँमा सम्मानित तथा पुरस्कृत गरेको हो । 

क्यान्सरका कारण गत वर्ष निधन हुनुभएकी प्रा. डा. तथा गणितविज्ञ उर्मिला प्याकुरेल तथा साहित्यिक उपनाम मधुश्रीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले लम्सालसहितका व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको हो । 

CG

साहित्यकार लम्साललाई नेपाली साहित्यको उन्नयनमा योगदान पु¥याएवापत कदरपत्रसहित सम्मानित गरिएको हो । त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा उच्च अङ्कसहित सर्वोत्कृष्ट हुने ध्रुव पौडेल र भुवनेश्वरी गिरी, सन्देश ठकुरी, जयन्ती साउदलाई २५ हजार रुपियाँ र कदरपत्रसहित पुरस्कृत गरिएको थियो । 

त्यस्तै, विश्वविद्यालय स्तरीय शोधपत्र लेखनका लागि एलिना श्रेष्ठ र जयन्ती साउदलाई दस हजार रुपियाँका दरले अनुदान सहयोग प्रदान गरिएको थियो । 

प्याकुरेलले बाल्यकालमा अध्ययन गरेको विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने सिन्धुपाल्चोकको कालिका प्राविकी छात्रा अनुजा शाहीलाई १० हजार रुपियाँ र बाघभैरव माविका प्रविण राईलाई १५ हजार रुपियाँसहित पुरस्कृत गरिएको थियो । 

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित मधुश्रीका गीत तथा कविता सङ्ग्रह मधुरस र उहाँका दाजु उद्धव प्याकुरेलको किशोर उपन्यास तक्माको पनि विमोचन गरिएको थियो । 

प्याकुरेलको उपचारार्थ सङ्कलित रकमसहितको अक्षयकोष स्थापना गरेर प्राज्ञिक, साहित्यिक तथा स्वास्थ्य समाजसेवामा प्रतिष्ठानले काम सुरु गरेको अध्यक्ष प्रा.डा. टंकनाथ धमलाले जानकारी दिए ।


 

धमलाले अक्षयकोषको रकमलाई वृद्धि गर्दै लैजान संरक्षण सदस्यका रुपमा थप सहयोग रकम सङ्कलन सुरु भएको बताए । आगामी वर्ष प्याकुरेलको स्मृतिमा स्मारिका प्रकाशन, उनका कथाहरू सङ्कलन गरी सङ्ग्रह प्रकाशनसहित शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्ने प्रतिष्ठानको योजना रहेको पनि उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ क्यान्सर चिकित्सक राजेन्द्रप्रसाद बरालले उच्च मनोबलका कारण लामो समय क्यान्सर जितेर आफू र अरुलाई समेत बाँच्नका उर्मिलाले प्रेरित गर्नु भएको स्मरण गरे । डा.नवराज लम्सालले बालखैदेखि अध्ययनसँगै साहित्य लेखनमा सक्रिय मधुश्रीका रचनामा नेपाली माटोको सुवास भेटिने गरेको स्मरण गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती मनाइँदै

महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती मनाइँदै

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य,...

भर्खरै