नेभिगेशन
सबै कुरा

उदयपुरमा आमा र छोरा घरभित्रै मृत भेटिए, हत्याकाे आशंका

उदयपुर । उदयपुरको कटारी नगरपालिका –१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेका छन्। बिहीबार बिहान सोरुङ्गछविसेमा अन्दाजी ४० वर्षीय निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुको आफ्नै घर भित्र रगतले लतपतिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईँले बताए। बालकको घाँटीमा धारिलो हतियारले काटेको जस्तो देखिएको छ भने महिलाको शव घोप्टिएको अवस्थामा फेला परेको वडाअध्यक्ष क्षेत्र बहादुर खड्काले जानकारी दिए ।  ‘खाटमाथि सुतेका बालकको शरीरमा निकै चोटपटक लागेको जस्तो देखिन्छ’, उनले भने, ‘आमा घोप्टो परेर सुतेको देखिएकाले कहाँ चोट लाग्यो भनेबारे कटारी बाट प्रहरी आएपछि थाहा हुनेछ, तर अवस्था हेर्दा यो कसैले हत्या नै गरेको हो भन्ने अनुमान लगाउन सकिन्छ । ’

Ncell
Extreme Energy

स्थानीयले आमाछोरा मृत अवस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । घटनास्थल विकट क्षेत्रमा रहेकाले प्रहरीको टोली घटनास्थल पुगि नसकेकाले घटनाको थप विवरण आउन बाँकी रहेको डिएसपी चापागाईले बताए ।

मृतकका श्रीमान अशोक थापा कान्छी श्रीमती लिएर विगत तीन वर्षदेखि भारतको दिल्लीमा बस्दै आएको वडा अध्यक्ष खड्काले बताए। श्रीमानले कान्छी श्रीमती लिएर दिल्ली गएपछि निर्मलाले आफ्नो गुजारा चलाउन सामान्य पसल गरेर गाउँमै बस्दै आएकी थिइन् । 

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...