नेभिगेशन
सबै कुरा

हिरासतमा रवि लामिछानेमाथि गैरकानुनी र अमानवीय व्यवहार भएको भन्दै पत्नी निकिताद्वारा मानवअधिकार आयोगमा उजुरी

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका रवि लामिछानेमाथि प्रहरीले गैरकानुनी र अमानवीय व्यवहार गरेको भन्दै रवि लामिछानेकी पत्नि निकिता पौडेलले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छिन् । उनले प्रहरी महानिरिक्षक, चितवनका प्रहरी अधिकारीहरु लगायतलाई विपक्ष बनाएर शुक्रबार आयोगमा उजुरी दर्ता गराएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध थुनामा रहँदा र बिभिन्न जिल्लामा अड्डासार गर्ने बहानामा दुर्व्यवहार भएकोले लामिछानेको मानव अधिकारहरूको गम्भिर उल्लङ्घन भएको भन्दै पौडेलले उजुरी दिएकी हुन् । 

Ncell
Extreme Energy

लामिछानेलाई अनुसन्धानका क्रममा विभिन्न शारीरिक एवं मानसिक यातना दिइएको उनको उजुरीमा उल्लेख छ । लामिछाने पत्नी निकिताले रातारात अड्डासार गर्ने नाममा शारीरिक तथा मानसिक यातना दिइएको, व्यक्तिगत डायरीको गैरकानुनीरूपमा कब्जा गरी गोपनीयताको अधिकारको उल्लङ्घन गरेको, गैरकानुनी हिरासतमा राखिएको, कानुनी परामर्शको उचित अवसर नदिइएको, मानवीय सम्मान वा आत्म सम्मानमा चोट पुर्याउने प्रयास भइरहेको भन्दै उजुरी दर्ता गरेकी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाजा, नास्ता र खाना खुवाउन स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिइएको छ।
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।