नेभिगेशन
सबै कुरा

रवि लामिछानेको मानवअधिकारको रक्षाको माग गर्दै मानव अधिकार आयोगमा रास्वपाको उजुरी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट मध्यरातमा पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगको ध्यानाकर्षण गराएको जनाएको छ । 

Ncell
Extreme Energy

साथै रास्वपाले मंसिर २० गते चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको उल्लेख गरेको छ । उजुरीमा भनिएको छ‘एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो । यो राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ,’ ।


साथै राज्य संयन्त्रले नियोजितरुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको उजुरीमा उल्लेख गरेको छ । लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग गरेको छ । 

शुक्रबार लामिछानेकी पत्नी निकिता पौडेलले पनि मानव अधिकार आयोगमा उजुरी दिएकी थिइन् । 

त्यसपछि विभिन्न मानवअधिकारकर्मीहरु लामिछानेलाई भेट्न पोखरा पुुगेका छन् । 

हिरासतमा रवि लामिछानेमाथि गैरकानुनी र अमानवीय व्यवहार भएको भन्दै पत्नी निकिताद्वारा मानवअधिकार आयोगमा उजुरी


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...
रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए ।