नेभिगेशन
सबै कुरा

सूर्यदर्शन सहकारी प्रकरणः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । 

शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताए ।  । 

CG

यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको  थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको बताए । 

“प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ”, उनले भने । थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको  जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । 

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सचापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो...
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।
एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

लामिछानेसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा एकै दिन पेसी चढेको हो । बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै...
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...