नेभिगेशन
सबै कुरा

ठूलो आवाज भएको बाइक चलाएको भन्दै युवकको छातिमा प्रहरीको आठ लात्ती !

काठमाडौँ । प्रहरीले सर्वसाधरणलाई एक्लै पायो भने कतिसम्म अत्याचार गर्छ भन्ने उदाङ्गो हुने एक क्रुर घटना चितवनमा घटेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमा भाइरल भिडियोको सुरुमा ३ मोटरसाइल रोकेर राखेको देखिन्छ । रातिको सयममा कैद गरिएको भिडियोमा केही हेलमेट लगाएका युवा र केही प्रहरी देखिन्छन् । 

Ncell
Extreme Energy

केही युवकहरु एक प्रहरीसँग भलाकुसारी गर्दै गरेको देखिन्छ भने त्यसको नजिकै अर्का एक प्रहरी हातमा वाकीटकी लिएर उभिइरहेको देखिन्छ । 


त्यसको केही सेकेन्डमै ति प्रहरी कुधेर अलिक पर जान्छन । उनी आक्रोशित मुद्रामा ‘निकाल, कसलाई फोन गर्ने ?, पावर देखाएको ?, हँ ?’ भन्दै कुदेर गएर भुईँमा बसिरहेका एक युवकलाई आक्रमण गर्छन् । 

ती प्रहरी आफूतर्फ कुदेर आएपछि ति युवक उठेर भाग्न खोज्छन् तर प्रहरीको लात्ती प्रहारले ती युवक भुईँमा पछारिन्छन् । युवक ढलेपनि प्रहरीले उनीमाथिको आक्रमणलाई निरन्तरता दिन्छन् । 

उनले भुईमा पल्टिएका युवकमाथि क्रुरतापूर्वक ७ पटकसम्म बुट बजार्छन् । उनले युवकको घुँडा, कम्मर, खुट्टामा मात्र नभएर छाती र मुखमा समेत बुट बजार्छन् । 

प्रहरीको प्रहारबाट ढलेका युवामाथि आफ्नो शक्ति प्रदर्शन गरेका प्रहरी युवक अचेत अवस्थामा पुगेपछि पुनः अन्य युवकमाथि आक्रमण गर्न जोस्सिएर फर्किन्छन् । 

यो घटना गत पुष १५ गतेको हो । सो दिन तमु ल्होसार थियो । चाडपर्वको समयमा आपराधिक घटना बढ्ने आँकलनका साथ भरतपुरको बाइपास सडक खण्डमा प्रहरीको नियमित चेकजाँच थप कडा गरिएको थियो । 

सो दिन बाइपास खण्डमा भरतपुरको वडा नम्बर ११ मा रहेको गणेशस्थान अस्थायी प्रहरी पोष्टका असई बुद्धिबहादुर भुजेल डिउटीमा थिए । डिउटीमै रहेको समयमा रातको करिब १० बजे ३ वटा मोटरसाइकलमा होहल्ला गर्दै मोटरसाइकल पड्काउँदै केही युवक चेकिङतर्फ आए । 

भुजेलको नेतृत्वमा रहेका प्रहरीहरुले उनीहरुलाई रोकेर मापासे जाँच गराए । उनीहरुले मापासे गरेको पुष्टि भएपछि प्रहरीले उनीहरुलाई त्यहिँ रोके । ‘प्रहरीले मापासे गरेर आएका कारण भोलि मात्र सवारी लिन आउनु भनेपछि उनीहरु होहल्लामा उत्रिएका थिए’, चितवनका एक प्रहरीले भने । 

त्यस्तै मोटरसाइकलबाट ओर्लिएर प्रहरीलाई धम्की दिँदै एक युवक केही पर गएर आफ्नो पावर देखाउने भन्दै फोन गर्न थाले । त्यसपछि आक्रोशित भएका असई बुद्धिबहादुर भुजेलले पावर देखाएको ? भन्दै गएर ती युवकमाथि कुटपिटमा उत्रिएको प्रहरीले जनाएको छ । 

चितवन प्रहरीका अनुसार कुमाल थरका युवकमाथि कुटपिट भएको हो । उनको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उता कुमाल थरका ती युवकमाथि मरणासन्न हुनेगरि कुटपिटमा उत्रिने असई बुद्धिबहादुर भुजेललाई निलम्बन गरिएको चितवन प्रहरीले जनाएको छ ।

त्यस्तै घटनाको छानबिन गर्न चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । 

सुरुदेखि नै प्रहरीको क्रुर व्यवहार देखेर भिडियो खिचेका होटल व्यवसायीले पोस्ट गरेको भिडियो सामाजिक सञ्जाल तताएको छ । नागरिकको रक्षा गर्न राखिएका प्रहरी नै गुण्डाको शैलीमा उत्रिनु आपत्तिजनक रहेको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...