नेभिगेशन
सबै कुरा

ठूलो आवाज भएको बाइक चलाएको भन्दै युवकको छातिमा प्रहरीको आठ लात्ती !

काठमाडौँ । प्रहरीले सर्वसाधरणलाई एक्लै पायो भने कतिसम्म अत्याचार गर्छ भन्ने उदाङ्गो हुने एक क्रुर घटना चितवनमा घटेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमा भाइरल भिडियोको सुरुमा ३ मोटरसाइल रोकेर राखेको देखिन्छ । रातिको सयममा कैद गरिएको भिडियोमा केही हेलमेट लगाएका युवा र केही प्रहरी देखिन्छन् । 

Ncell
Extreme Energy

केही युवकहरु एक प्रहरीसँग भलाकुसारी गर्दै गरेको देखिन्छ भने त्यसको नजिकै अर्का एक प्रहरी हातमा वाकीटकी लिएर उभिइरहेको देखिन्छ । 


त्यसको केही सेकेन्डमै ति प्रहरी कुधेर अलिक पर जान्छन । उनी आक्रोशित मुद्रामा ‘निकाल, कसलाई फोन गर्ने ?, पावर देखाएको ?, हँ ?’ भन्दै कुदेर गएर भुईँमा बसिरहेका एक युवकलाई आक्रमण गर्छन् । 

ती प्रहरी आफूतर्फ कुदेर आएपछि ति युवक उठेर भाग्न खोज्छन् तर प्रहरीको लात्ती प्रहारले ती युवक भुईँमा पछारिन्छन् । युवक ढलेपनि प्रहरीले उनीमाथिको आक्रमणलाई निरन्तरता दिन्छन् । 

उनले भुईमा पल्टिएका युवकमाथि क्रुरतापूर्वक ७ पटकसम्म बुट बजार्छन् । उनले युवकको घुँडा, कम्मर, खुट्टामा मात्र नभएर छाती र मुखमा समेत बुट बजार्छन् । 

प्रहरीको प्रहारबाट ढलेका युवामाथि आफ्नो शक्ति प्रदर्शन गरेका प्रहरी युवक अचेत अवस्थामा पुगेपछि पुनः अन्य युवकमाथि आक्रमण गर्न जोस्सिएर फर्किन्छन् । 

यो घटना गत पुष १५ गतेको हो । सो दिन तमु ल्होसार थियो । चाडपर्वको समयमा आपराधिक घटना बढ्ने आँकलनका साथ भरतपुरको बाइपास सडक खण्डमा प्रहरीको नियमित चेकजाँच थप कडा गरिएको थियो । 

सो दिन बाइपास खण्डमा भरतपुरको वडा नम्बर ११ मा रहेको गणेशस्थान अस्थायी प्रहरी पोष्टका असई बुद्धिबहादुर भुजेल डिउटीमा थिए । डिउटीमै रहेको समयमा रातको करिब १० बजे ३ वटा मोटरसाइकलमा होहल्ला गर्दै मोटरसाइकल पड्काउँदै केही युवक चेकिङतर्फ आए । 

भुजेलको नेतृत्वमा रहेका प्रहरीहरुले उनीहरुलाई रोकेर मापासे जाँच गराए । उनीहरुले मापासे गरेको पुष्टि भएपछि प्रहरीले उनीहरुलाई त्यहिँ रोके । ‘प्रहरीले मापासे गरेर आएका कारण भोलि मात्र सवारी लिन आउनु भनेपछि उनीहरु होहल्लामा उत्रिएका थिए’, चितवनका एक प्रहरीले भने । 

त्यस्तै मोटरसाइकलबाट ओर्लिएर प्रहरीलाई धम्की दिँदै एक युवक केही पर गएर आफ्नो पावर देखाउने भन्दै फोन गर्न थाले । त्यसपछि आक्रोशित भएका असई बुद्धिबहादुर भुजेलले पावर देखाएको ? भन्दै गएर ती युवकमाथि कुटपिटमा उत्रिएको प्रहरीले जनाएको छ । 

चितवन प्रहरीका अनुसार कुमाल थरका युवकमाथि कुटपिट भएको हो । उनको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उता कुमाल थरका ती युवकमाथि मरणासन्न हुनेगरि कुटपिटमा उत्रिने असई बुद्धिबहादुर भुजेललाई निलम्बन गरिएको चितवन प्रहरीले जनाएको छ ।

त्यस्तै घटनाको छानबिन गर्न चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । 

सुरुदेखि नै प्रहरीको क्रुर व्यवहार देखेर भिडियो खिचेका होटल व्यवसायीले पोस्ट गरेको भिडियो सामाजिक सञ्जाल तताएको छ । नागरिकको रक्षा गर्न राखिएका प्रहरी नै गुण्डाको शैलीमा उत्रिनु आपत्तिजनक रहेको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...