नेभिगेशन
समाज

जापानमा बढ्याे बेरोजगारी

जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ ।

Ncell
Extreme Energy

कामबाट बाहिरिएका व्यक्तिमध्ये आठ लाख १० हजारले स्वेच्छाले रोजगारी छाडेका छन् । राम्रो काम गर्ने अवस्था खोज्दै रोजगारी छाड्नेको सङ्ख्या जुलाईको तुलनामा आठ प्रतिशतले बढेको हो । त्यसैगरी, रोजगारदाताबाट कामबाट हटाइएका व्यक्तिको सङ्ख्या चार लाख पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशत बढी हो ।

मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने व्यक्तिको सङ्ख्या पनि २.२ प्रतिशतले बढेर चार लाख ६० हजार पुगेको छ । यसैबीच, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको छुट्टै तथ्याङ्कअनुसार अगस्टमा रोजगारी उपलब्धता अनुपात १.१८ रहेको छ । यो अघिल्लो महिनाको तुलनामा अपरिवर्तित हो । यसको अर्थ प्रत्येक १०० रोजगारी खोज्ने व्यक्तिका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए ।

उद्योगगत रूपमा हेर्दा ११ मध्ये आठ क्षेत्रमा रोजगारीका अवसर घटेका छन् । आवास तथा रेस्टुरेन्ट सेवामा रोजगारीका अवसर ११.१ प्रतिशतले घटेको छ भने थोक तथा खुद्रा बिक्री क्षेत्रमा १०.२ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ ।

तर उत्पादन क्षेत्रमा रोजगारीका अवसर ३.९ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ३.३ प्रतिशतले बढेका छन् । -रासस/एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के  भने ?

ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के भने ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडिओ कलमा उनले भने, 'म घाइते भएर भुइँमा लडेको थिएँ, तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरेँ।'
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ...
फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिनुभएको थियो ।
चाडपर्वमा काठमाडौँमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने, २४२ वटा सिसीटिभी र ३ ड्रोनमार्फत निगरानी

चाडपर्वमा काठमाडौँमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने, २४२ वटा सिसीटिभी र ३ ड्रोनमार्फत निगरानी

उनले काठमाडौँका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिने भन्दै काठमाडौँका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने...

भर्खरै