नेभिगेशन
समाज

जापानमा बढ्याे बेरोजगारी

जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ ।

Ncell
Extreme Energy

कामबाट बाहिरिएका व्यक्तिमध्ये आठ लाख १० हजारले स्वेच्छाले रोजगारी छाडेका छन् । राम्रो काम गर्ने अवस्था खोज्दै रोजगारी छाड्नेको सङ्ख्या जुलाईको तुलनामा आठ प्रतिशतले बढेको हो । त्यसैगरी, रोजगारदाताबाट कामबाट हटाइएका व्यक्तिको सङ्ख्या चार लाख पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशत बढी हो ।

मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने व्यक्तिको सङ्ख्या पनि २.२ प्रतिशतले बढेर चार लाख ६० हजार पुगेको छ । यसैबीच, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको छुट्टै तथ्याङ्कअनुसार अगस्टमा रोजगारी उपलब्धता अनुपात १.१८ रहेको छ । यो अघिल्लो महिनाको तुलनामा अपरिवर्तित हो । यसको अर्थ प्रत्येक १०० रोजगारी खोज्ने व्यक्तिका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए ।

उद्योगगत रूपमा हेर्दा ११ मध्ये आठ क्षेत्रमा रोजगारीका अवसर घटेका छन् । आवास तथा रेस्टुरेन्ट सेवामा रोजगारीका अवसर ११.१ प्रतिशतले घटेको छ भने थोक तथा खुद्रा बिक्री क्षेत्रमा १०.२ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ ।

तर उत्पादन क्षेत्रमा रोजगारीका अवसर ३.९ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ३.३ प्रतिशतले बढेका छन् । -रासस/एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।