नेभिगेशन
समाज

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनबारे छलफल गर्न विभिन्न राजनीतिक दललाई मङ्सिर ४ गते बोलाएको छ। आयोगले पठाएको पत्रमा आसन्न निर्वाचनबारे छलफल गर्ने भनिए पनि स्थानीय तह वा प्रदेशसभा कुन निर्वाचनका विषयमा छलफल गर्न लागिएको हो भन्ने खुलाइएको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपासहित विभिन्न राजनीतिक दललाई पठाइएको पत्रअनुसार मङ्सिर ४ गते बिहान ११ः३० बजे आयोग कार्यालयमा उपस्थित हुन भनिएको छ।

Marvel
Extreme Energy

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। त्यसैगरी, प्रदेशसभा निर्वाचन २०७९ मङ्सिर ४ गते सम्पन्न भएको थियो। स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा हुन अब करिब छ महिना बाँकी छ।

स्थानीय तहको कार्यकाल पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने र त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

यस सन्दर्भमा आयोगले दलहरूलाई आसन्न निर्वाचनबारे छलफल गर्न बोलाएपछि स्थानीय तह निर्वाचनको तयारीबारे चासो बढेको छ। तर आयोगको पत्रमा निर्वाचनको तह नखुलाइएकाले छलफल स्थानीय तहको मात्रै हो वा प्रदेशसभासमेत समेटिएको हो भन्ने स्पष्ट भएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार प्रतिशोध र स्वेच्छाचारी शैलीमा अघि बढ्यो : एमाले महासचिव पोखरेल

सरकार प्रतिशोध र स्वेच्छाचारी शैलीमा अघि बढ्यो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाएका छन्। उनले सरकार प्रतिशोधात्मक र स्वेच्छाचारी शैलीमा प्रस्तुत भएको तथा राज्यका...
एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने

एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने

नेकपा (एमाले)ले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जना...
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
भीमफेदी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले

भीमफेदी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले

सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेलाई भेटेका छन्।