नेभिगेशन
समाज

एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। माइतीघर हाइटस्थित कार्की ब्यांक्वेटमा हुने भेलाको तयारी पूरा भएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Marvel
Extreme Energy

एमालेका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ काम कार्यान्वयनका लागि पार्टीपङ्क्तिलाई एकताबद्ध बनाउने भेलाको मुख्य उद्देश्य छ।

आगामी स्थानीय तह निर्वाचनको तयारी, पार्टीका निर्णय तथा राजनीतिक दृष्टिकोणमा एकरूपता कायम गरी वैचारिक र सङ्गठनात्मक एकता सुदृढ बनाउने पनि भेलाको उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ। मुलुकमा पछिल्लो समय देखिएको कुशासन र निराशा चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने एमालेको भनाइ छ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन्। त्यस्तै संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष पनि सहभागी हुनेछन्।

एमालेले पार्टीको इतिहासमा पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एकै ठाउँमा सहभागी हुने गरी राष्ट्रिय भेला आयोजना गर्न लागेको यो पहिलो पटक भएको दाबी गरेको छ।

भेलामा अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन्। पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि समसामयिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसैगरी, उपाध्यक्ष रामबहादुर थापा बादलले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा गर्नेछन्। महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम छ।

भेलामा सहभागी हुनेहरूले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य रूपमा लिखित रूपमा दिनुपर्ने एमालेले जनाएको छ। सहभागीले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्नेछ। आवासको व्यवस्था गर्न नसक्नेका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछन्।

भेला स्थलको सुरक्षा व्यवस्थापनका लागि सहायक रथी (अप्रा) विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवक परिचालन गरिनेछ। सहभागीको स्वास्थ्य परीक्षणका लागि हलको मूलगेट अगाडि हेल्थ डेस्क राखिनेछ।

कार्यक्रमस्थलमा पार्किङको ठाउँ अभाव भएकाले सवारीसाधन पार्किङको व्यवस्था पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ। सहभागीका परिचयपत्र प्रदेशस्तरमा समन्वय गरिरहेका व्यवस्थापन टोलीमार्फत वितरण गरिने विज्ञप्तिमा उल्लेख छ।

उद्घाटन समारोहमा सञ्चारकर्मीलाई सभाहलसम्मै पुगेर समाचार सङ्कलन, श्रव्यदृश्य सामग्री खिच्न र सम्प्रेषण गर्न दिइने एमालेले जनाएको छ। त्यसपछिका सत्रबारे जानकारी दिन मिडिया सेन्टरमा केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ब्रिफिङ गर्नेछ। बन्दसत्रका समाचार सम्प्रेषणका लागि विभाग र प्रेस चौतारी नेपालको नेटवर्कमार्फत सञ्चारकर्मीलाई जोडिने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार प्रतिशोध र स्वेच्छाचारी शैलीमा अघि बढ्यो : एमाले महासचिव पोखरेल

सरकार प्रतिशोध र स्वेच्छाचारी शैलीमा अघि बढ्यो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाएका छन्। उनले सरकार प्रतिशोधात्मक र स्वेच्छाचारी शैलीमा प्रस्तुत भएको तथा राज्यका...
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
भीमफेदी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले

भीमफेदी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले

सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेलाई भेटेका छन्।
बझाङ अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा

बझाङ अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा संलग्न अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।