नेभिगेशन
सबै कुरा

प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताहरु १० हजार धरौटीमा रिहा

काठमाडौं । ठमेलमा ड्यूटीमा खटिएका प्रहरी कुट्ने विद्यार्थी नेताहरू धरौटीमा रिहा भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी सहित पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

Extreme Energy
citizen life

अदालले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न मागेको थियो भने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०-१० हजार रुपैयाँ धरौटी मागेको थियो । अहिले सबै जना धरौटी बझाएर रिहा भएका छन् । 

उनीहरुले माघ २४ गते राति ठमेलमा मोटरसाइकलमा सवार प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लापरबाहीपूर्ण सवारी चलाउने ३१ वटा सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

लापरबाहीपूर्ण सवारी चलाउने ३१ वटा सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

ट्राफिक प्रहरी कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लापरबाहीपूर्ण सवारी साधन चलाएर १५–२० पटक कारवाहीमा परेका चालकहरुको चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएको हो ।
वीरगञ्जका विभिन्न  क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न  क्यासिनोबाट छ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको...
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो...