नेभिगेशन
सबै कुरा

बरामद गरेको ४ महिनापछि साढे ११ क्वीन्टल लागूऔषध सार्वजनिक

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत कात्तिक १० गते ११ सय ५६ केजी लागू औषध गाँजा नियन्त्रणमा लिएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ मैनाचौकबाट प्रदेश–३०१–०२३ च ११२९ नम्बरको पिकअप भ्यानबाट सो परिमाणको लागू औषध नियन्त्रणमा लिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पिकअप भ्यान छोडेर चालक सहचालक भागेपछि प्रहरीले पौष ७ गते ललितपुर वडा नं. १५ तिखेदेवलबाट मकवानपुर कैलाश गा.पा.वडा नं. ३ का अर्पण सिन्तान भन्ने सुकुलाल सिन्तान र पौष २५ गते सोही स्थानका मानसिंह गोङलाई पक्राऊ गरेको थियो ।  पक्राऊ गरेको उपर आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् । 

Ncell
Extreme Energy

मकवानपुर प्रहरीले यस अघि आफूहरुले गरेको दैनिक क्रियाकलापको बारेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै आएको छ । तर ४ महिना अघिको यो विषयलाई मकवानपुर प्रहरीले गुपचुप जस्तै राखेर सार्वजनिक नै गरेको थिएन । यो विषयका सम्बन्धमा सार्वजनिक रुपमै प्रश्न आएपछि मात्रै साढे ११ क्वीन्टल लागू औषध गाँजाको विषय मकवानपुर प्रहरीले ४ महिनापछि हिजो सार्वजनिक गरेको थियो । 

अनुसन्धानका क्रममा रहेकोले यो विषय सार्वजनिक नगरिएको दाबी गरेको मकवानपुर प्रहरीले अनुसन्धानका लागि व्यक्ति नियन्त्रणमा लिएकै ४५ दिन बढी भईसकेको सन्दर्भमा सार्वजनिक गर्न किन ढिलो गरेको ? भन्ने प्रश्नमा मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले मानवीय त्रुटिका कारण यो विषय सार्वजनिक गर्न छुटेको दाबी जवाफ दिए । ढिलोगरी सार्वजनिक हुनमा आफूहरुको कमजोरी भएको मकवानपुर प्रहरीले स्वीकार गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...