नेभिगेशन
सबै कुरा

बरामद गरेको ४ महिनापछि साढे ११ क्वीन्टल लागूऔषध सार्वजनिक

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत कात्तिक १० गते ११ सय ५६ केजी लागू औषध गाँजा नियन्त्रणमा लिएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ मैनाचौकबाट प्रदेश–३०१–०२३ च ११२९ नम्बरको पिकअप भ्यानबाट सो परिमाणको लागू औषध नियन्त्रणमा लिएको थियो ।

पिकअप भ्यान छोडेर चालक सहचालक भागेपछि प्रहरीले पौष ७ गते ललितपुर वडा नं. १५ तिखेदेवलबाट मकवानपुर कैलाश गा.पा.वडा नं. ३ का अर्पण सिन्तान भन्ने सुकुलाल सिन्तान र पौष २५ गते सोही स्थानका मानसिंह गोङलाई पक्राऊ गरेको थियो ।  पक्राऊ गरेको उपर आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् । 

मकवानपुर प्रहरीले यस अघि आफूहरुले गरेको दैनिक क्रियाकलापको बारेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै आएको छ । तर ४ महिना अघिको यो विषयलाई मकवानपुर प्रहरीले गुपचुप जस्तै राखेर सार्वजनिक नै गरेको थिएन । यो विषयका सम्बन्धमा सार्वजनिक रुपमै प्रश्न आएपछि मात्रै साढे ११ क्वीन्टल लागू औषध गाँजाको विषय मकवानपुर प्रहरीले ४ महिनापछि हिजो सार्वजनिक गरेको थियो । 

अनुसन्धानका क्रममा रहेकोले यो विषय सार्वजनिक नगरिएको दाबी गरेको मकवानपुर प्रहरीले अनुसन्धानका लागि व्यक्ति नियन्त्रणमा लिएकै ४५ दिन बढी भईसकेको सन्दर्भमा सार्वजनिक गर्न किन ढिलो गरेको ? भन्ने प्रश्नमा मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले मानवीय त्रुटिका कारण यो विषय सार्वजनिक गर्न छुटेको दाबी जवाफ दिए । ढिलोगरी सार्वजनिक हुनमा आफूहरुको कमजोरी भएको मकवानपुर प्रहरीले स्वीकार गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत...

भर्खरै