नेभिगेशन
सबै कुरा

अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाडौँ । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । 

पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।”  

Dish Home
Global Ime Bank

पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुतिनाथका चारवटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पुलका पाटपुर्जा चोरीको आरोपमा रोशीका वडाध्यक्ष गौतम पक्राउ

पुलका पाटपुर्जा चोरीको आरोपमा रोशीका वडाध्यक्ष गौतम पक्राउ

रोशी गाउँपालिका ७ र नमोबुद्ध नगरपालिका ६ को सिमानामा रहेको पुललाई रोशी खोलाले बगाएको थियो। खोलाले बगाएको पुलका फलामे पार्टपुर्जा चोरी गरी विक्री गरेको आरोपमा सोमबार वडाअध्यक्ष गौतम...
८० किलो लागुऔषध गाँजासहित २ जना पक्राउ

८० किलो लागुऔषध गाँजासहित २ जना पक्राउ

गाडीको चालक गोरखा पालुङटार नगरपालिका–१० मिरकोटका २८ वर्षीय मधुसूदन अधिकारी र सोही गाडीमा सवार सिन्धुली दुधौली नगरपालिका–८ खोरभञ्ज्याङका २५ वर्षीय नवराज खड्का पक्राउ परेका छन्। हाल दुवै जना...
११ सय ४३ किलो गाँजा सहित २ जना पक्राऊ

११ सय ४३ किलो गाँजा सहित २ जना पक्राऊ

बोरामा लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध गाँजा ११ सय ४३ केजी रहेको प्रहरीले जनाएको छ । घरमा लुकाईछिपाई राखेको उक्त गाँजासहित घरधनी रत्नमाया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी...
सुजन: जसले सिध्याए दाईपछि पूर्व श्रीमतीको परिवार

सुजन: जसले सिध्याए दाईपछि पूर्व श्रीमतीको परिवार

सुजन: जसले सिध्याए दाईपछि पूर्व श्रीमतीको परिवार