नेभिगेशन
सबै कुरा

गोली हानी भारतीय 'सार्प सुटर' गुड्डु पटेल पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले गोली हानी पक्राउ गरेको छ। २०७९ असोज ३ गते साँझ गोठाटारमा हरिवन–२, सर्लाहीका लाल मोहम्मदको  हत्या गरेको आरोपमा उनलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

काठमाडौंको झोर, टोखामा लुकेर बसेका भारतीय नागरिक गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सार्प सुटर हुन् ।  अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो।

उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो । पटेल नेपाल आएको सूचना पाएको प्रहरीले उनलाई पिछा गरिरहँदा प्रहरीमाथिनै आक्रमण गर्न खोजेको प्रहरीको भनाई छ ।

प्रहरीले सूरुमा दुई राउण्ड हवाई फायर गरेपनि उनी भाग्न खोजेपछि गोली चलाइएको जनाएको छ । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किन पक्राउ परे चक्रे मिलन समूहका ४७ जना ?

किन पक्राउ परे चक्रे मिलन समूहका ४७ जना ?

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध...
नागरिकता दुरुपयोग गरी ५१ करोडभन्दा बढी सम्पत्ति आर्जन गर्ने भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

नागरिकता दुरुपयोग गरी ५१ करोडभन्दा बढी सम्पत्ति आर्जन गर्ने भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सम्पत्ति शुद्धीकरणसम्बन्धी यो मुद्दाले नेपाली नागरिकता कसरी झुटा विवरण पेस गरी दुरुपयोग भइरहेको छ भन्ने उजागर गरेको छ। विभागका अनुसार, अग्रवालले झुटा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त...
लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र...
पन्ध्र वर्षीया किशोरीको हत्या आरोपित पक्राउ

पन्ध्र वर्षीया किशोरीको हत्या आरोपित पक्राउ

आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको...