नेभिगेशन
सबै कुरा

गोली हानी भारतीय 'सार्प सुटर' गुड्डु पटेल पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले गोली हानी पक्राउ गरेको छ। २०७९ असोज ३ गते साँझ गोठाटारमा हरिवन–२, सर्लाहीका लाल मोहम्मदको  हत्या गरेको आरोपमा उनलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंको झोर, टोखामा लुकेर बसेका भारतीय नागरिक गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सार्प सुटर हुन् ।  अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो।

Ncell
Extreme Energy

उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो । पटेल नेपाल आएको सूचना पाएको प्रहरीले उनलाई पिछा गरिरहँदा प्रहरीमाथिनै आक्रमण गर्न खोजेको प्रहरीको भनाई छ ।

प्रहरीले सूरुमा दुई राउण्ड हवाई फायर गरेपनि उनी भाग्न खोजेपछि गोली चलाइएको जनाएको छ । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै