नेभिगेशन
सबै कुरा

अवैध अस्पतालका सञ्चालक पक्राउ

रौतहट । रौतहटमा अबैध रुपमा सञ्चालित एक अस्पताल संचालक पक्राउ परेका छ्न ।  चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालीका सञ्चालक राजन कुमार साहलाई प्रहरीले आज बिहान पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्ड विपरीत सञ्चालन भएको र दर्ता समेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएका थिए । मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भन्दै बन्द गर्ने पत्र थमाएको भए पनि सो अस्पतालका सञ्चालकले अस्पताल खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको राईले बताए  ।

Ncell
Extreme Energy

अस्पताल नखोल्न पटकपटक सम्झाई बुझाई गर्दा समेत साहले अटेर गरी अस्पताल खोलेपछि सोमबार बिहान उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको राईले बताए ।

चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल , पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, एपोलो अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले पत्र दिएका थिए ।

सिभिल अस्पताल तथा रिसर्च सेन्टरले सामान्य बिरामी भएर जाँदा पनि अनावश्यक रुपमा जाँच गराई विभिन्न शीर्षकमा लुट्ने गरेको व्यापक जनगुनासो छ । सो अस्पतालले आइसियु तथा अप्रेशन सञ्चालन गरेपनि त्यसको आधारभूत मापदण्ड पनि पूरा गरेको छैन । 

शनिबार मुख्यमन्त्री सिंहलाई एक पीडितले अस्पतालको बिल देखाउँदै आफूमाथि अन्याय भएको गुनासो गरेका थिए । सिंहले हेर्दै सुविधा केही पनि नभएको तर काठमाडौँको उच्च सुविधायुक्त अस्पतालको शुल्क लिएको भन्दै आश्चर्य व्यक्त गरेका थिए । सो बिलमा मापदण्ड विपरीत सञ्चालन गरिरहेको आइसियु बेडको प्रतिदिनको ४५ सय जोडिएको छ । 

सवारी दुर्घटनामा परेर सो अस्पतालमा पुगेका उक्त बिरामीको अप्रेसन शुल्क ६५ हजार, एनेस्थेसिया शुल्क २० हजार, इमर्जेन्सी म्यानेजमेन्ट शुल्क २० हजार, स्टीलको ५५ हजार, अप्रेसन थिएटर सामग्रीको शुल्क २० हजार, मोनिटर शुल्क ९ हजार, उपचारात्मक शल्यक्रिया शुल्क १० हजार, ड्रेसिङ शुल्क ३ हजार, अक्सिजन शुल्क ६ हजार लिएर ठगी गरेको सेवाग्राही बताउछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...