नेभिगेशन
सबै कुरा

अवैध अस्पतालका सञ्चालक पक्राउ

रौतहट । रौतहटमा अबैध रुपमा सञ्चालित एक अस्पताल संचालक पक्राउ परेका छ्न ।  चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालीका सञ्चालक राजन कुमार साहलाई प्रहरीले आज बिहान पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्ड विपरीत सञ्चालन भएको र दर्ता समेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएका थिए । मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भन्दै बन्द गर्ने पत्र थमाएको भए पनि सो अस्पतालका सञ्चालकले अस्पताल खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको राईले बताए  ।

अस्पताल नखोल्न पटकपटक सम्झाई बुझाई गर्दा समेत साहले अटेर गरी अस्पताल खोलेपछि सोमबार बिहान उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको राईले बताए ।

चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल , पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, एपोलो अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले पत्र दिएका थिए ।

सिभिल अस्पताल तथा रिसर्च सेन्टरले सामान्य बिरामी भएर जाँदा पनि अनावश्यक रुपमा जाँच गराई विभिन्न शीर्षकमा लुट्ने गरेको व्यापक जनगुनासो छ । सो अस्पतालले आइसियु तथा अप्रेशन सञ्चालन गरेपनि त्यसको आधारभूत मापदण्ड पनि पूरा गरेको छैन । 

शनिबार मुख्यमन्त्री सिंहलाई एक पीडितले अस्पतालको बिल देखाउँदै आफूमाथि अन्याय भएको गुनासो गरेका थिए । सिंहले हेर्दै सुविधा केही पनि नभएको तर काठमाडौँको उच्च सुविधायुक्त अस्पतालको शुल्क लिएको भन्दै आश्चर्य व्यक्त गरेका थिए । सो बिलमा मापदण्ड विपरीत सञ्चालन गरिरहेको आइसियु बेडको प्रतिदिनको ४५ सय जोडिएको छ । 

सवारी दुर्घटनामा परेर सो अस्पतालमा पुगेका उक्त बिरामीको अप्रेसन शुल्क ६५ हजार, एनेस्थेसिया शुल्क २० हजार, इमर्जेन्सी म्यानेजमेन्ट शुल्क २० हजार, स्टीलको ५५ हजार, अप्रेसन थिएटर सामग्रीको शुल्क २० हजार, मोनिटर शुल्क ९ हजार, उपचारात्मक शल्यक्रिया शुल्क १० हजार, ड्रेसिङ शुल्क ३ हजार, अक्सिजन शुल्क ६ हजार लिएर ठगी गरेको सेवाग्राही बताउछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किन पक्राउ परे चक्रे मिलन समूहका ४७ जना ?

किन पक्राउ परे चक्रे मिलन समूहका ४७ जना ?

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध...
नागरिकता दुरुपयोग गरी ५१ करोडभन्दा बढी सम्पत्ति आर्जन गर्ने भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

नागरिकता दुरुपयोग गरी ५१ करोडभन्दा बढी सम्पत्ति आर्जन गर्ने भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सम्पत्ति शुद्धीकरणसम्बन्धी यो मुद्दाले नेपाली नागरिकता कसरी झुटा विवरण पेस गरी दुरुपयोग भइरहेको छ भन्ने उजागर गरेको छ। विभागका अनुसार, अग्रवालले झुटा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त...
लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र...
पन्ध्र वर्षीया किशोरीको हत्या आरोपित पक्राउ

पन्ध्र वर्षीया किशोरीको हत्या आरोपित पक्राउ

आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको...