नेभिगेशन
सबै कुरा

खाद्य प्रविधिमा भ्रष्टाचारः फर्जी बिल देखाएर पेश्की फछ्र्यौट गर्नेलाई विभागकै संरक्षण

मकवानपुर । तालिम, अनुगमन जस्ता कार्यक्रममा फर्जी बिल पेश गरेर भ्रष्टाचारमा संलग्न कर्मचारीलाई जोगाउन खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग नै लागेको छ । केही समयअघि सिधाकुराले खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले गरेको विभिन्न कार्यक्रममा पेश गरेको फर्जी बिल प्रकरणबारे रिपोर्ट प्रकाशित गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

हेटौंडाका तत्कालिन खाद्य अनुसन्धान अधिकृत सागर दहालले कार्यक्रम र सेमिनारका नाममा फर्जी बिल बनाएको र डेढ बर्षदेखि बिग्रेर बसेको मोबाईल भ्यानमा इन्धन हालेको जस्ता दर्जनौ फर्जी बिल बनाएको र काशिनाथ घिमिरेले उक्त बिल पास गरेको उजागर गरेको थियो ।

तर, सो प्रकरणमा संलग्न कर्मचारीलाई विभागले कुनै कारबाही गरेको छैन । अझ अचम्म चै के भने सो समाचार प्रकाशित गरेको भन्दै विभागले सिधाकुराका सञ्चारकर्मीलाई उल्टै अनुसन्धान गर्ने धम्की दिएका छन् । 

सिधाकुरामा सो घटना उजागर भएपछि विभागले तत्कालिन खाद्य अनुसन्धान अधिकृत दाहाललाई विभागमा हाजिर गराएको छ र अन्य कुनै कारबाही नगरी घटना गुपचुप राखेको छ ।

यस विषयमा प्रश्न गर्दा विभागका प्रवक्ता, सूचना अधिकारी, प्रशासन प्रमुख कोही पनि यो जवाफ दिन चाहदैनन् । तर, सिधाकुराको सम्पर्कमा आएका विभागका उपनिर्देशक सोमकान्त रिजालले यो विषयमा प्रहरी वा अख्तियारमा उजुरी गर्न आग्रह गरे । उनले धम्कीको भाषामा यो विषयमा अब नसोध्न पनि आग्रह गरे । उनले फर्जी बिल पेश गरेको विषय सार्वजनिक गर्ने पत्रकाररलाई सूचना कसले दियो भन्दै छानबिन गर्ने चेतावनी दिए । 

यसअघि सिधाकुरामा प्रसारित रिपोर्टमा देखाईएको फर्जी बिलहरुको सम्बन्धमा विभागले आफ्ना कुनै पनि धारणा सार्वजनिक गर्न सकेको छैन । 

पेश्की लिने खाद्य अनुसन्धान अधिकृत सागर दाहाल र पेश्की फछ्र्यौट गर्दा प्रमाणित गर्ने कार्यालय प्रमुख काशिनाथ घिमिरे दुबैले प्रत्येक बिल भर्पाईमा हस्ताक्षर गरेको सिधाकुराले फेला पारेको छ । 

आधिकारिक हस्ताक्षर पछिमात्रै पेश्की फछ्र्यौट भएको यो विषयलाई विभागले आजसम्म चुपचाप जस्तै राख्नुमा विभागमाथि पनि प्रश्न चिन्ह खडा भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...