नेभिगेशन
सबै कुरा

एउटै रुखमा झुण्डिएको भेटिए अजय र जुवामुनि, विवाहेत्तर सम्बन्धमा रहेको आशंका

मोरङ । मंगलबार बिहान मोरङको पथरी शनिश्चरे ५ मौलिबारीस्थित बक्राहा खोला किनारस्थित पिठारीको रुखको एउटै हाँगोमा युवायुवती झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत भेटिएको युवा–युवती विवाहेत्तर सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।  

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे– ५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुवामुनि हस्दा झुन्डिएको अवस्थामा भेटिएका मृत फेला परेका थिए । विवाहित रहेको दुवै जनाको आआफ्नै परिवार रहेको थियो । 

मृत फेला परेकी युवती जुवामुनिका श्रीमान् कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने उनका डेढ वर्षका एक छोरा समेत रहेका छन् । 

यस्तै उनीसँगै मृत भेटिएका अजयकी पनि श्रीमती सहित २ र ४ वर्षका दुई छोरा रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अजय र जुवामुनि यस अघि घरमा आउजाउ गर्ने गरेको र नियमित सम्पर्कमा रहेको देखिएको छ । केहि दिन अघि अजयले जुवामुनिलाई घरमै ल्याएर आएका थिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार वटा मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार वटा मदिरा पसल सिल

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गर्नुका साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जना...
९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ

९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ

चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
वीरगञ्जमा बम बनाउने सामान सहित नेकपाका उम्मेदवार  मनोज कुमार चौधरी पक्राउ

वीरगञ्जमा बम बनाउने सामान सहित नेकपाका उम्मेदवार मनोज कुमार चौधरी पक्राउ

चेकजाँचका क्रममा गाडीको पछाडिको डिक्कीभित्र पहेँलो टेपले बेरेको चौपाटो आकारको टिनको बट्टाभित्र शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु बम रहेकाले फेला परेपछि गाडीमा सवार...
मौनअवधिको सुरुमै काठमाडौँमा दुई गाडीमा आगजनी, जलेको गाडीमा दुर्गा प्रसाईको पर्चा

मौनअवधिको सुरुमै काठमाडौँमा दुई गाडीमा आगजनी, जलेको गाडीमा दुर्गा प्रसाईको पर्चा

प्रवक्ता भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।