नेभिगेशन
सबै कुरा

एउटै रुखमा झुण्डिएको भेटिए अजय र जुवामुनि, विवाहेत्तर सम्बन्धमा रहेको आशंका

मोरङ । मंगलबार बिहान मोरङको पथरी शनिश्चरे ५ मौलिबारीस्थित बक्राहा खोला किनारस्थित पिठारीको रुखको एउटै हाँगोमा युवायुवती झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । 

मृत भेटिएको युवा–युवती विवाहेत्तर सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।  

City Express

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे– ५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुवामुनि हस्दा झुन्डिएको अवस्थामा भेटिएका मृत फेला परेका थिए । विवाहित रहेको दुवै जनाको आआफ्नै परिवार रहेको थियो । 

मृत फेला परेकी युवती जुवामुनिका श्रीमान् कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने उनका डेढ वर्षका एक छोरा समेत रहेका छन् । 

यस्तै उनीसँगै मृत भेटिएका अजयकी पनि श्रीमती सहित २ र ४ वर्षका दुई छोरा रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अजय र जुवामुनि यस अघि घरमा आउजाउ गर्ने गरेको र नियमित सम्पर्कमा रहेको देखिएको छ । केहि दिन अघि अजयले जुवामुनिलाई घरमै ल्याएर आएका थिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै