नेभिगेशन
सबै कुरा

करिब २ अर्ब क्रिप्टो कारोबार गर्नेलाई लुट्ने 'प्रहरी ग्याङ', पक्राउ परे २ सहायक हवल्दार सहित ६ जना

काठमाडौँ । क्रिप्टो करेन्सीको कारोबारीलाई लुटपाट गरेको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक हवल्दार सहित ६ जना पक्राउ परेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँले क्रिप्टोको कारोबार गरेको आरोपमा एक जना कारोबारी र उनलाई पनि लुट्ने एक जना सहस्त्र प्रहरीका सहायक हवल्दार, नेपाल प्रहरीका सहायक हवल्दार र प्रहरी जवान समेतलाई पक्राउ गरेको हो । 

Ncell
Extreme Energy

पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपालिका ४ बस्ने ३६ वर्षका सशस्त्र प्रहरीका सहायक कवल्दार राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका ७ बस्ने प्रहरी सहायक हवल्दार ३५ वर्षका खगेन्द्र मल्ल ठकुरी र खोटाङको रावावेसि गाउँपालिका ४ घर भई नेपाल प्रहरीका जवान २४ वर्षका हिरा मंग्राती पनि पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारमा संलग्न रोशन गुरुङले एक अर्व ८७ करोड ७ लाख १३ हजार १६२ रुपैयाँको क्रिप्टोको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ। क्रिप्टो कारोबार गर्ने सूचना थाहा पाएपछि प्रहरी र सशस्त्र प्रहरीका सहायक हवल्दार तथा एक जवानले पक्राउ नगर्ने भन्दै १४ लाख रुपैयाँ लिएको खुलासा भएको थियो । 

थप अनुसन्धान गर्दै जाँदा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत १ जना र नेपाल प्रहरीका कर्मचारीहरु २ जना समेतको मिलेमतो देखिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताएका छन्।

तीन प्रहरीसहित ६ जनालाई पनि पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।

यस्तै, पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका २४ बस्ने २४ वर्षका कपिल बस्नेत, दोलखा रातमाटे गाउँपालिका घर भई हाल सुनसरी ईटहरी नगरपालिका ६ बस्ने ३१ वर्षका संजोक तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर ३ बस्ने २० वर्षका मनिस कुमार राय रहेका छन्।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ ६ थान मोवाइल र एउटा गाडी पनि बरामद गरेको छ। क्रिप्टो कारोबारीका आरोपी गुरुङको साथबाट २ लाख ५९ हजार बरामद गरेको छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...