नेभिगेशन
रोग र उपचार

नेपाल प्रहरी अस्पतालमा पीजी अध्ययन गर्ने चिकित्सकको कोटा थप्ने गरी न्याम्ससँग सम्झौता

पीजी अध्ययन गर्नेको संख्या दुई सय ५० पुग्ने

काठमाडौँ । नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ ।
हाल एक सय २७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक फ्याकल्टी थप गर्न दुई पक्षबीच सम्झौता भएपछि अब यो संख्या दुई सय ५० पुग्ने भएको छ । सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अध्यक्षताको न्याम्स कार्यकारी बैठकले हालै यससम्बन्धी निर्णय गरेको थियो । 

सोही आधारमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यससम्बन्धी सम्झौता भएको हो । मन्त्री पौडेलले दक्ष चिकित्सा जनशक्ति उत्पादन वृद्धि गर्नका लागि स्नातकोत्तर कोटा बढ्ने गरी फ्याकल्टी थप गर्न भने पछि न्याम्सले थप गर्ने निर्णय गरेको थियो ।अब सम्झौताअनुसार न्याम्सले नेपाल प्रहरी अस्पतालमा फ्याकल्टी थपको अनुमति दिएको छ । अस्पतालको विकासमा समेत सघाउने न्याम्सले सम्झौता गरेको छ ।

City Express

प्रहरी अस्पतालले भने रेजिडेन्टलाई चिकित्सा विद्यार्थीलाई सरकारी नियमानुसार भत्ता उपलब्ध गराउने सम्झौता गरेको छ । सम्झौतामा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल निर्देशक एआइजी डा सुन्दरप्रसाद ह्योजु तथा न्याम्सका तर्फबाट रेक्टर प्राडा लोचन कार्कीले हस्ताक्षर गरेका थिए ।

सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशमै दक्ष चिकित्सकको अभाव पूर्ति गर्न विद्यार्थी कोटा थप गर्ने गरी निर्णय भएकामा हालसम्म चार सय पीजी विद्यार्थी थप अध्ययन गर्ने वातावरण बनेको बताए । यस सम्झौताले थप दक्ष चिकित्सक उत्पादन हुने वातावरण तयार पार्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत समेतलगायत उपस्थित थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप रोग र उपचार
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा ९३ जनामा देखियो हैजा

वीरगञ्जमा ९३ जनामा देखियो हैजा

नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम...