नेभिगेशन
समाज

वडाध्यक्ष कुटपिट प्रकरणः प्रहरी, पत्रकार र वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पर्साको वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको घटनामा सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार आइतबार पर्सा जिल्ला अदालतले सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी सहित ७ जनाले आफूमाथि आक्रमण गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले शुक्रबार प्रहरीमा जोहरी दर्ता गराएका थिए । सो जाहेरीका आधारमा आइतबार नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपका पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy


आरोपित ७ जनाले फागुन २९ गते राति होलीका दिन मदिराको तालमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको सिसिटिभी भिडियो सिधाकुराले सार्वजनिक गरेको थियो । 
सिसिटिभीमा वडा अध्यक्ष चतुर्वेदीमाथि मरुणासन्न हुनेगरि कुटपिट गरेको देखिएको थियो । 

यसअघि उजुरी लिन नमानेको पर्सा प्रहरीले सिधाकुरामा समाचार प्रकाशन प्रसारण भएपछि भने वडाध्यक्ष चतुर्वेदीलाई आफैँ बोलाएर उजुरी दर्ता गराएको थियो ।

सम्बन्धित समाचार :

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

सिधाकुरा प्रभावः वडाध्यक्ष कुट्ने प्रहरी, पत्रकार, वडाध्यक्ष लगायत ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

‘साहसिक प्रहरी’ बाट पुरस्कृत प्रहरीले नै रक्सी पिएर कुटे वडाध्यक्ष

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।