नेभिगेशन
समाज

कालीकोटमा पनि प्रमुख प्रशासकीय अधिकृतकै हाहाकार, शिक्षकले पाएनन् छ महिनादेखि तलब

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरुले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । 
चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । “तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ”, उनले भने, “असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।”

तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिए । “संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,” उनले भने, “हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।” शिक्षकहरूको हकमा भने पहिला–पहिला चार÷चार महिनामा र अचेल तीन÷तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरुको भनाइ छ । 

CG

नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए। उनले शिक्षकको हकमा आफू पनि चिन्तित रहेको जनाउँदै शिक्षकको तलबभत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताँए । शिक्षकहरुको दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पु¥याएको तर भुक्तानी नगरेको शिक्षा शाखा प्रमुख बलराज शाहीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।