नेभिगेशन
समाज

सरकारलाई पत्याएनन् शिक्षकले, वार्तामा बस्न अस्वीकार

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ ।

वार्ताका लागि सिंहदरबारमा बोलाएपनि महासंघ वार्तामा उपस्थीत नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास असफल समेत भएको छ । शिक्षकहरुसँग छलफल गर्नका लागि फोनका साथै औपचारिक पत्र पठाएपनि शिक्षक महासंघ वार्तामा उपस्थीत नभएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

CG

महासंघलाई पत्र पठाएपछि कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री भट्टराई शहरी बिकास मन्त्रालयमा पुगेर वार्ताको तयारी गरेका थिए । तर शिक्षकहरुको उपस्थीति नभएपछि वार्ता हाललाई स्थगीत गरिएको मन्त्री भट्टराईले बताइन् । उनले शिक्षकहरुको मागलाई सम्बोधन गर्दै विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार तयार रहेको उल्लेख गरिन् । 

यता महासंघले भने विद्यालय शिक्षा विधेयकलाई छिटो अघि बढाउने एकमात्र मुद्धा रहेकाले वार्तामा बस्न आवश्यक नरहेको जनाएको छ । महासंघले वार्ता भन्दा पनि ऐनलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ । विद्यालय शिक्षा विधेयकलाई छिटो निष्कर्षमा पुराउनुपर्ने भन्दै देशभरका शिक्षकहरु काठमाडौँमा भेला भएर आन्दोलन गरिरहेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।