नेभिगेशन
समाज

सरकारलाई पत्याएनन् शिक्षकले, वार्तामा बस्न अस्वीकार

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वार्ताका लागि सिंहदरबारमा बोलाएपनि महासंघ वार्तामा उपस्थीत नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास असफल समेत भएको छ । शिक्षकहरुसँग छलफल गर्नका लागि फोनका साथै औपचारिक पत्र पठाएपनि शिक्षक महासंघ वार्तामा उपस्थीत नभएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

Ncell
Extreme Energy

महासंघलाई पत्र पठाएपछि कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री भट्टराई शहरी बिकास मन्त्रालयमा पुगेर वार्ताको तयारी गरेका थिए । तर शिक्षकहरुको उपस्थीति नभएपछि वार्ता हाललाई स्थगीत गरिएको मन्त्री भट्टराईले बताइन् । उनले शिक्षकहरुको मागलाई सम्बोधन गर्दै विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार तयार रहेको उल्लेख गरिन् । 

यता महासंघले भने विद्यालय शिक्षा विधेयकलाई छिटो अघि बढाउने एकमात्र मुद्धा रहेकाले वार्तामा बस्न आवश्यक नरहेको जनाएको छ । महासंघले वार्ता भन्दा पनि ऐनलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ । विद्यालय शिक्षा विधेयकलाई छिटो निष्कर्षमा पुराउनुपर्ने भन्दै देशभरका शिक्षकहरु काठमाडौँमा भेला भएर आन्दोलन गरिरहेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...