नेभिगेशन
समाज

सरकारसँगकाे ‘निर्णायक आन्दोलन’मा देशभरका शिक्षक, आम शैक्षिक हड्ताल घोषणा

शैक्षिक क्रियाकलाप अस्तव्यस्त

काठमाडौँ । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले भोली अर्थात सोमबारबाट देशैभरि आम शैक्षिक हड्ताल घोषणा गरेको हो । 

महासंघले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै आफूहरु सरकारविरुद्ध अन्तिम र निर्णायक आन्दोलनमा उत्रिएको भन्दै आम शैक्षिक हड्ताल घोषणा गरेका हुन् । त्यस्तै महासंघले देशभरका शिक्षक र कर्मचारीलाई विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ । ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो ।’महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौँ ।’

CG

त्यस्तै उनीहरुले यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कार्य समेत नगर्न आग्रह गरेका छन् । उनीहरुले शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाउन सम्पूर्ण विद्यार्थी, अभिभावक, वि.व्य.स लगायत सम्पूर्ण शैक्षिक सरोकारसँग आग्रह गरेका छन् । 

पछिल्लो समय गत चैत २० गतेबाट काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरुको यो आन्दोलनमा विद्यालयस्तरका सम्पूर्ण क्रियाकलाप अस्तव्यस्त बन्ने भएको छ । शिक्षकहरुको आन्दोलनका कारण एसईई दिएका विद्यार्थीहरुको नतिजा पनि समयमै प्रकाशित हुन समस्या देखिने भएको छ । 

पछिल्लो समय शिक्षकहरु यसअघि सरकारले आफूहरुसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । 

सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अव जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघको भनाई छ । 

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत शिक्षकहरुले फागुन २७ देखि चैत्र ५ गतेसम्म बिभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरुसंग भेट गरि विधेयक पारितका लागि दवाव दिएका थिए । 

teachers-protest-1743917257.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।