नेभिगेशन
समाज

सरकारसँगकाे ‘निर्णायक आन्दोलन’मा देशभरका शिक्षक, आम शैक्षिक हड्ताल घोषणा

शैक्षिक क्रियाकलाप अस्तव्यस्त

काठमाडौँ । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले भोली अर्थात सोमबारबाट देशैभरि आम शैक्षिक हड्ताल घोषणा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै आफूहरु सरकारविरुद्ध अन्तिम र निर्णायक आन्दोलनमा उत्रिएको भन्दै आम शैक्षिक हड्ताल घोषणा गरेका हुन् । त्यस्तै महासंघले देशभरका शिक्षक र कर्मचारीलाई विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ । ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो ।’महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौँ ।’

Ncell
Extreme Energy

त्यस्तै उनीहरुले यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कार्य समेत नगर्न आग्रह गरेका छन् । उनीहरुले शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाउन सम्पूर्ण विद्यार्थी, अभिभावक, वि.व्य.स लगायत सम्पूर्ण शैक्षिक सरोकारसँग आग्रह गरेका छन् । 

पछिल्लो समय गत चैत २० गतेबाट काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरुको यो आन्दोलनमा विद्यालयस्तरका सम्पूर्ण क्रियाकलाप अस्तव्यस्त बन्ने भएको छ । शिक्षकहरुको आन्दोलनका कारण एसईई दिएका विद्यार्थीहरुको नतिजा पनि समयमै प्रकाशित हुन समस्या देखिने भएको छ । 

पछिल्लो समय शिक्षकहरु यसअघि सरकारले आफूहरुसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । 

सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अव जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघको भनाई छ । 

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत शिक्षकहरुले फागुन २७ देखि चैत्र ५ गतेसम्म बिभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरुसंग भेट गरि विधेयक पारितका लागि दवाव दिएका थिए । 

teachers-protest-1743917257.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...