नेभिगेशन
समाज

शिक्षकका माग पुरा गर्न नसक्ने प्रधानमन्त्रीको प्रष्टीकरण, भन्छन् –देशको ढुकुटीले धान्न नसक्ने माग राखेर हुँदैन, आइहाल्नुभयो अब फर्किने बाटो खोज्नुस

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको देशको ढुकुटीले धान्न नसक्ने प्रकारका मागलाई सरकारले पुरा गर्न नसक्ने बताए । 

सोमबार काठमाडौँमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुको सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने तर देशको ढुकुटीले धान्न नसक्ने माग पुरा गर्न नसकिने बताएका हुन् । ‘सरकारले नसक्ने कुरा त सक्दिनँ भनिहाल्छ नि । नसक्ने कुरा त के गर्ने ? देशको ढुकुटीले धान्न, व्योहोर्न नसक्ने कुरा त हामीले भन्नुपर्ने हुन्छ, यो चाहीँ सकिँदैन भनेर । हुने कुरा त हामी यसै गर्दिहाल्छौँ, त्यही भएर तपाईँहरु आइरहनु पर्ने थिएन । आइहाल्नुभयो अब फर्किने बाटो खोज्नुस, मिलाउनुस ।’, प्रधानमन्त्री ओलीले भने । 

CG

प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने धारणा राखे । उनले छिटो भन्दा छिटो वार्तामा आएर सहमतिका साथ विद्यालय फर्किने बाटो खोज्न शिक्षकहरुलाई सुझाव दिए । 
विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन रहेको अवस्थामा ऐन ल्याउन देशभरका शिक्षक सडकमा आउन आवश्यक नरहेको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले विद्यार्थी भर्नाको समय भएकाले त्यसमा केन्द्रीत हुन आग्रह गरे । शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा रहेको भन्दै उनले शिक्षकहरुलाई समेत कुनै लाभ नभएको तर्क गरे । प्रधानमन्त्री ओलीले मुलकुमा प्रतिगामी तत्वहरु सल्बलाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि नभएको धारणा राखे । 

त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिगामीको उपद्रोलाई आन्दोलन मान्न नसक्ने उल्लेख गर्दै यसको संविधान र कानूनसम्वद्ध ढंगले सामना गर्ने बताए । लोकतन्त्र, संविधान, कानून बिपरितको कुरालाई सरकारले नियन्त्रण गर्ने उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरुविरुद्ध प्राध्यापकहरुले बौद्धिकरुपमा सक्रियता देखाउनुपर्नेमा समेत जोड दिए । उनले आफुहरुले भन्दै आएको मिसन ८४ अराजकतावादी, प्रतिगामी, असभ्यता र देशलाई अँध्यारो यात्रातर्फ फर्काउने प्रयासविरुद्धको मिसन भएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।