नेभिगेशन
समाज

२४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौँ आउन कर्मचारीलाई विद्यालय कर्मचारी परिषदको निर्देशन

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौँ आउन निर्देशन दिएको छ । परिषद्ले मंगलबार एक पत्र सार्वजनिक गर्दै परिषदले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालयका कर्मचारीलाई विद्यालय बन्द गरेर काठमाडौँमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिषदले काठमाडौँमा आन्दोलन भइरहेको समयमा बिद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको भन्दै २४ घण्टाभित्र चाबी लिएर काठमाडौँ आउन निर्देशन दिएको हो । 

Ncell
Extreme Energy

पत्रमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समयमा विद्यालय कर्मचारीहरुलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौंमा जारी आन्दोलनमा अनिवार्यरूपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ ।’

विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरू २२ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन् ।उनीहरु विद्यालय ऐन जारी नभएसम्म कुनैपनि हालतमा विद्यालय नफर्किने अडान कसिरहेका छन् । 

सोही बिचमा सरकारले कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएरै भए पनि गर्ने बताएको छ । तर निजामती कर्मचारीले आफूहरु परिक्षामा सामेल नहुने बताउँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...