नेभिगेशन
मुख्य समाचार

भूकम्पको दश वर्ष : लाप्राकमा बस्ती बस्यो, स्थानीय बसेनन् (तस्विरहरु)

काठमाडौँ । २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दू बनाएर आएको विनाशकारी भूकम्पले गाेरखाकाे धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनायो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालिन राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालयबीच विसं. २०७३ बैशाख १२ गतेको त्रिपक्षिय सम्झौता अनुसार गोरखा जिल्लाको लाप्राकका भूकम्पपीडितका लागि निर्माण गरिदिएको एकीकृत नमुना बस्ती अझै खाली छ । धार्चे गाउँपालिका वडा नं ४ गुप्सीपाखामा करिव ३२६ रोपनी क्षेत्रफलमा सो लाप्राकीका लागि नमुना बस्ती निर्माण गरिएको हो । कुल ६०४ घरधुरी रहेको सो नमुना बस्तीमा ५७३ घर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको हो भने बाँकी नेपाल सरकारको भुकम्प राहतबाट बनेको हो ।

CG

बस्ती टाढाबाट हेर्दा सुन्दर र आकर्षक देखिए पनि वास्तविकता भने अलि फरक रहेको छ । अव्यवस्थित निर्माण, कच्चा र कमसल निर्माण सामग्रीको प्रयोग र परिवारको संख्या अनुसार घर निकै सानो रहेकाले लाप्राकीहरुको प्राथमिकतामा पर्दैनन् नमुना बस्तीका घरहरु । ६०४ घर रहेको सो बस्तीमा अहिले ६० परिवार मात्र बस्ने गर्दछन् । प्लाष्टिकको झ्याल ढोका, चार जना परिवारको लागि पनि सानो हुने घर, पूर्ण रुपमा निर्माण अझै पनि सम्पन्न भएको छैन । 

अहिले बस्तीमा बसिरहेका परिवारले पनि सो घर बस्न लायकको बनाउन २ लाखदेखि ४ लाखसम्म खर्च गर्नु परेको ४ नं वडाका वडाअध्यक्ष किसान गुरुङ्गले बताए । काठको झ्यालढोका राख्नेदेखि ढुंगा छाप्न, घरको भित्रि संरचना निर्माण गर्न खर्च गर्नु परेको उनले सुनाए । लाप्राक गाँउ पहिले देखि पहिरोको जोखिममा रहेको भएतापनि स्थानीयहरुको खेतीबाली गाँउमै हुनाले पनि नमुना बस्तीमा खासै बस्ने नगरेको गुरुङ्गले बताए ।

हेर्नुहाेस तस्विरहरु:

Laprak_SidhaKura_2-1745558481.jpg

Laprak_SidhaKura_14-1745558484.jpg

Laprak_SidhaKura_15-1745558484.jpg

Laprak_SidhaKura_10-1745558483.jpg

Laprak_SidhaKura_11-1745558483.jpg

Laprak_SidhaKura_12-1745558483.jpg

Laprak_SidhaKura_13-1745558483.jpg

Laprak_SidhaKura_6-1745558482.jpg

Laprak_SidhaKura_7-1745558482.jpg

Laprak_SidhaKura_9-1745558482.jpg

Laprak_SidhaKura_2-1745558481.jpg

Laprak_SidhaKura_3-1745558481.jpg

Laprak_SidhaKura_4-1745558481.jpg

Laprak_SidhaKura_5-1745558481.jpg

Laprak_SidhaKura-1745558480.jpg

Laprak_SidhaKura_1-1745558480.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...