नेभिगेशन
समाज

विश्व मजदुर दिवस: न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुरहरू (तस्बिर)

काठमाडौँ । ३७ वर्षीय मनकुमारी बुढा, आज भन्दा ८ वर्ष अगाडी रोल्पाबाट काठमाडौँ पसिन् । काठमाडौँमा सजिलो र कमाई हुने काम नपाएपछि उनी ७ वर्षदेखि धुनिबेशीको एक इट्टा भट्टामा काम गर्दै आएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

११ वर्ष अगाडी श्रीमानले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काँधमा आयो ।  दैनिक जीविकोपार्जनका लागि पनि उनी र उनको छोरीले इट्टा भट्टामा इट्टा बोक्ने काम गर्न थाले । एक पटकमा ४० देखि ४५ वटासम्म इट्टा बोक्ने उनीहरूको कमाई कति पटक इट्टा बोक्यो भन्ने कुराले निर्धारण गर्ने गर्छ । जति पटक इट्टा बोक्यो त्यति पटक कागजमा छाप लगाउने र पछि हिसाब गरी दैनिक कमाई निर्धारण गर्ने गरिन्छ । ‘कहिले काहीँ शारीरिक अस्वस्थताका कारण काम गर्न सकिदैन् त्यो दिन त कमाई नै हुँदैन’, मनकुमारीले सुनाइन् ।

Ncell
Extreme Energy

shramik-diwas_2-1746077727.jpg
इट्टा भट्टामा काम गर्ने उनीहरू त एउटा उदाहरण मात्र हुन् । त्यसका अलावा इँटा भट्टामा बाल श्रम शोषण समेत हुने गरेको छ । ११/१२ वर्षका बालकहरू खच्चर धपाउने काम गर्ने गर्छन् । धुलो धुवाँमा न्यून ज्यालामा काम गर्ने उनीहरूले श्रम शोषण भोग्न बाध्य छन् ।

इट्टा भट्टामा खच्चर धपाउन नेपालगन्जबाट आएका ११ वर्षीय राजु र १२ वर्षीय गोलु आफ्नो उमेर भन्दा ठुलो काम गर्छन् । उनीहरूको काम काँचो इट्टा बोक्ने खच्चर धपाउने हो । एक पटक काँचो इट्टा बोकेको खच्चर धपाए बापत ३ रुपैयाँ कमाई हुने भएकाले जति धेरै काम गर्न सक्यो त्यति नै राम्रो कमाई हुने भएकाले उनीहरूको दौडधुप निकै देखिन्थ्यो ।

shramik-diwas_5-1746077803.jpg
धुलो धुवाँ मात्रै नभएर चरम शारीरिक पीडा सहन पर्ने भए पनि घरको गरिबी, शैक्षिक अवस्था लगायतका कारण बालबालिकाहरू इँटा भट्टामा काम गर्न बाध्य छन् ।

न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषहरूले समेट्न सकेको छैन ।

shramik-diwas_12-1746077806.jpg

shramik-diwas_13-1746077806.jpg

shramik-diwas_9-1746077805.jpg

shramik-diwas_10-1746077805.jpg

shramik-diwas_11-1746077805.jpg

shramik-diwas_7-1746077804.jpg

shramik-diwas_8-1746077804.jpg

shramik-diwas_4-1746077803.jpg

shramik-diwas_3-1746077727.jpg

shramik-diwas_1-1746077726.jpg

shramik-diwas-1746077726.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।