नेभिगेशन
मुख्य समाचार

विश्व मजदुर दिवस: न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुरहरू (तस्बिर)

काठमाडौँ । ३७ वर्षीय मनकुमारी बुढा, आज भन्दा ८ वर्ष अगाडी रोल्पाबाट काठमाडौँ पसिन् । काठमाडौँमा सजिलो र कमाई हुने काम नपाएपछि उनी ७ वर्षदेखि धुनिबेशीको एक इट्टा भट्टामा काम गर्दै आएकी छिन् ।

११ वर्ष अगाडी श्रीमानले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काँधमा आयो ।  दैनिक जीविकोपार्जनका लागि पनि उनी र उनको छोरीले इट्टा भट्टामा इट्टा बोक्ने काम गर्न थाले । एक पटकमा ४० देखि ४५ वटासम्म इट्टा बोक्ने उनीहरूको कमाई कति पटक इट्टा बोक्यो भन्ने कुराले निर्धारण गर्ने गर्छ । जति पटक इट्टा बोक्यो त्यति पटक कागजमा छाप लगाउने र पछि हिसाब गरी दैनिक कमाई निर्धारण गर्ने गरिन्छ । ‘कहिले काहीँ शारीरिक अस्वस्थताका कारण काम गर्न सकिदैन् त्यो दिन त कमाई नै हुँदैन’, मनकुमारीले सुनाइन् ।

City Express

shramik-diwas_2-1746077727.jpg
इट्टा भट्टामा काम गर्ने उनीहरू त एउटा उदाहरण मात्र हुन् । त्यसका अलावा इँटा भट्टामा बाल श्रम शोषण समेत हुने गरेको छ । ११/१२ वर्षका बालकहरू खच्चर धपाउने काम गर्ने गर्छन् । धुलो धुवाँमा न्यून ज्यालामा काम गर्ने उनीहरूले श्रम शोषण भोग्न बाध्य छन् ।

इट्टा भट्टामा खच्चर धपाउन नेपालगन्जबाट आएका ११ वर्षीय राजु र १२ वर्षीय गोलु आफ्नो उमेर भन्दा ठुलो काम गर्छन् । उनीहरूको काम काँचो इट्टा बोक्ने खच्चर धपाउने हो । एक पटक काँचो इट्टा बोकेको खच्चर धपाए बापत ३ रुपैयाँ कमाई हुने भएकाले जति धेरै काम गर्न सक्यो त्यति नै राम्रो कमाई हुने भएकाले उनीहरूको दौडधुप निकै देखिन्थ्यो ।

shramik-diwas_5-1746077803.jpg
धुलो धुवाँ मात्रै नभएर चरम शारीरिक पीडा सहन पर्ने भए पनि घरको गरिबी, शैक्षिक अवस्था लगायतका कारण बालबालिकाहरू इँटा भट्टामा काम गर्न बाध्य छन् ।

न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषहरूले समेट्न सकेको छैन ।

shramik-diwas_12-1746077806.jpg

shramik-diwas_13-1746077806.jpg

shramik-diwas_9-1746077805.jpg

shramik-diwas_10-1746077805.jpg

shramik-diwas_11-1746077805.jpg

shramik-diwas_7-1746077804.jpg

shramik-diwas_8-1746077804.jpg

shramik-diwas_4-1746077803.jpg

shramik-diwas_3-1746077727.jpg

shramik-diwas_1-1746077726.jpg

shramik-diwas-1746077726.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ । तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको...
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।