नेभिगेशन
समाज

मजदुर दिवसः सुध्रिएन मजदुरको अवस्था (तस्बिरहरु)

काठमाडौँ । बिहीबार अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । हरेक वर्ष धुमधामका साथ मजदुर दिवस मनाउने गरे पनि मजदुरको अवस्था नसुध्रिएकोमा चिन्ता व्यक्त गरिँदै आएको छ ।

Ncell
Extreme Energy

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नियमित रोजगारी गर्ने श्रमिक ११ प्रतिशतले घटेका छन् । प्रतिष्ठानमा नियमित श्रमिकको संख्या घट्दै जाँदा श्रम ऐन कार्यान्वयनमा चुनौती थपिँदै गएको प्रतिवेदनमा उल्लेख छ । देशभरका विभिन्न प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिक लगायतका श्रमिक कार्यरत छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । सरकारले मजदुर दिवसमा सार्वजनिक विदा दिने गरेको छ ।

Labour-Day_10-1746080498.jpg

Labour-Day_9-1746080489.jpg

Labour-Day_7-1746080472.jpg

Labour-Day_6-1746080466.jpg

Labour-Day_5-1746080460.jpg

Labour-Day_4-1746080455.jpg

Labour-Day_3-1746080451.jpg

Labour-Day_2-1746080446.jpg

Labour-Day_1-1746080442.jpg

Labour-Day-1746080436.jpg

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।