नेभिगेशन
समाज

शिक्षक महासंघ र सरकारबिचको सहमतिप्रति शिक्षकहरु नै असन्तुष्ट, आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी

काठमाडौँ । बुधबार राति भएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा शिक्षकहरुले नै असन्तुष्टि जनाएका छन् । आन्दोलन सुरु गरेदेखि बुधबारसम्म ऐन नपाए आफूहरु विद्यालय नफर्किने अडान कसेका शिक्षकहरु ऐन नल्याई महासंघले सरकारसँग सहमति गरेको भन्दै असन्तुष्ट जनाएका हुन् ।

महासंघको सो कदमप्रति असन्तुष्ट जनाउँदै नेपाल विद्यालय कर्मचारी परिषद्ले एक विज्ञप्ति निकालेर सहमतिको विरोध जनाएको छ ।

CG

परिषदका अध्यक्ष र महासचिवले संयुक्त हस्ताक्षर गरेर निकालिएको विज्ञप्तीमा आफूहरुको संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्ने जनाएको छ । ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उनीहरुले थप कार्यक्रम समीक्षापश्चात कार्यक्रमहरु सार्वजनिक गर्ने समेत बताएका छन् ।

शिक्षकहरुले आफूहरुसँग सरकारले पटकपटक ऐन ल्याउने भनेर सहमति गरेको तर उक्त सहमति कार्यान्वयनमा आलटाल गरेको भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए । २० चैतदेखि सुरु भएको आन्दोलन चैत २५ गतेदेखि शैक्षिक हडतालका रुपमा अघि बढेको थियो ।
उनीहरुले आफूले ऐन नपाए पछाडि नहट्ने अडान लिएपछि बुधबार महासंघ र सरकारबिच ९ बुँदे सहमति भएको थियोे । सहमतिपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिने महासंघले घोषणा गरेको थियो ।

sahamati-ko-birodh-1746083518.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।

भर्खरै