नेभिगेशन
समाज

शिक्षक महासंघ र सरकारबिचको सहमतिप्रति शिक्षकहरु नै असन्तुष्ट, आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी

काठमाडौँ । बुधबार राति भएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा शिक्षकहरुले नै असन्तुष्टि जनाएका छन् । आन्दोलन सुरु गरेदेखि बुधबारसम्म ऐन नपाए आफूहरु विद्यालय नफर्किने अडान कसेका शिक्षकहरु ऐन नल्याई महासंघले सरकारसँग सहमति गरेको भन्दै असन्तुष्ट जनाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघको सो कदमप्रति असन्तुष्ट जनाउँदै नेपाल विद्यालय कर्मचारी परिषद्ले एक विज्ञप्ति निकालेर सहमतिको विरोध जनाएको छ ।

Ncell
Extreme Energy

परिषदका अध्यक्ष र महासचिवले संयुक्त हस्ताक्षर गरेर निकालिएको विज्ञप्तीमा आफूहरुको संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्ने जनाएको छ । ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उनीहरुले थप कार्यक्रम समीक्षापश्चात कार्यक्रमहरु सार्वजनिक गर्ने समेत बताएका छन् ।

शिक्षकहरुले आफूहरुसँग सरकारले पटकपटक ऐन ल्याउने भनेर सहमति गरेको तर उक्त सहमति कार्यान्वयनमा आलटाल गरेको भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए । २० चैतदेखि सुरु भएको आन्दोलन चैत २५ गतेदेखि शैक्षिक हडतालका रुपमा अघि बढेको थियो ।
उनीहरुले आफूले ऐन नपाए पछाडि नहट्ने अडान लिएपछि बुधबार महासंघ र सरकारबिच ९ बुँदे सहमति भएको थियोे । सहमतिपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिने महासंघले घोषणा गरेको थियो ।

sahamati-ko-birodh-1746083518.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...