नेभिगेशन
समाज

प्रधानमन्त्रीको निर्देशनपछि धमाधम बन्दैछ त्रिवि क्रिकेट मैदान (तस्विरहरु)

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम तोकिएको समयमा नसिकने भएपछि प्रधानमन्त्री केपी ओली केही दिनअघि कडा रुपमा प्रस्तुत भए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तोकिएको समयमा काम नसकिने भएपछि प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका छन् । साथै उनले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका छन् ।

Ncell
Extreme Energy

प्रधानमन्त्रीको निर्देशनसँगै क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको छ । असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिवद्धता गरेको छ ।

फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् । दुवै काम यही वैशाख २४ गतेभित्र सक्नेगरी मन्त्रिपरिषद‍ बैठकले निर्णय गरेको थियो ।

यसअघि वैशाख ४ गते उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत अनुगमन गरी तोकिएको समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । त्यसपछि उनले केही दिन मन्त्रालयबाटै निर्माण कार्यको अनुगमन पनि गरेका थिए ।

TU-CRICKET-GROUND-5-1746681477.jpg

TU-CRICKET-GROUND-4-1746681477.jpg

TU-CRICKET-GROUND-2-1746681477.jpg

TU-CRICKET-GROUND-1-1746681477.jpg

TU-CRICKET-GROUND-8-1746681485.jpg

TU-CRICKET-GROUND-5-1746681484.jpg

TU-CRICKET-GROUND-6-1746681484.jpg

TU-CRICKET-GROUND-6-1746681478.jpg

TU-CRICKET-GROUND-7-1746681485.jpg

TU-CRICKET-GROUND-1746681486.jpg

TU-CRICKET-GROUND-10-1746681486.jpg

TU-CRICKET-GROUND-9-1746681486.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...
झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ...
नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

यो झरनाको उचाइ १ सय ८१ मिटर छ । ०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का...