नेभिगेशन
समाज

संस्थानका रुपमा रहेका रुग्ण उद्योगहरुलाई नयाँ मोडालिटीमा अघि बढाइने

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी साउन १५ गतेभित्र संस्थानका रुपमा रहेका नेपालका रुग्ण उद्योगहरुलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावका आधारमा साउन १५ गतेभित्र संस्थानका रुपमा रहेका नेपालका रुग्ण उद्योगहरुको डिडिए पुरा गरेर नयाँ मोडालिटीका साथ अघि बढाउने बताएका हुन् । उनले बिशेष आर्थिक क्षेत्रमा निर्यातका लागि पूर्वाधार बनाउने काम सार्वजनिक निजि साझेदारीबाट अघि बढाइरहेको जानकारी दिए ।

Ncell
Extreme Energy

अहिले सरकारले नेपालमा उत्पादन बृद्धि गर्दै निर्यात गर्नका लागि धेरै प्रयासहरु भइरहेको उनले बताए । उनले स्वदेशी बस्तुको उपभोग कार्यविधिलाई अघि बढाइएको भन्दै यसले स्वदेशी बजारीकरणको समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

मन्त्री भण्डारीले मुलुकमा पुँजीको अभाव नभएपनि लगानी हुन नसक्नु प्रमुख प्रश्नको बिषय भएको उल्लेख गरे । 

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु व्यापार मेला बैशाख २९ गतेसम्म चल्ने छ । मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी रहेको छ । जसमा स्वदेशी हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरु , साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरु समेत राखिएको छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा रहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...