नेभिगेशन
समाज

रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो (तस्विरहरु)

ललितपुर । रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको केहि दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्याएपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ । नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् । किंवदन्ती अनुसार रथमाथिबाट खसालिएको नरिवलसमात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ ।

Ncell
Extreme Energy

थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि भोलिपल्ट बिहान महिलाहरुले रथ तान्ने परम्परा छ । नरिवल खसाल्ने जात्रा सकिएको केहि दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ । 

nariwal-khasaune-jatra-1746795588.jpg

nariwal-khasaune-jatra-4-1746795587.jpg

nariwal-khasaune-jatra-3-1746795587.jpg

nariwal-khasaune-jatra-6-1746795587.jpg

nariwal-khasaune-jatra-5-1746795587.jpg

nariwal-khasaune-jatra-4-1746795580.jpg

nariwal-khasaune-jatra-3-1746795580.jpg

nariwal-khasaune-jatra-1-1746795579.jpg

nariwal-khasaune-jatra-2-1746795579.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...