नेभिगेशन
समाज

शिक्षक महासंघसँग असन्तुष्ट शिक्षकले गठन गरे नेपाल राहत शिक्षक राष्ट्रिय समिति

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले छुटै राष्ट्रिय समिति गठन गरेका छन् । 

राहत शिक्षकहरुको हालै महोत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरिएको हो । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष खत्रीले शिक्षक महासंघले आफुहरुको मागप्रति वेवास्ता गर्दै एकतर्फी ढंगले सरकारसँग सहमति गरेकाले छुटै राष्ट्रिय समिति गठन गरिएको जानकारी दिए ।

Dish home
City Express

उनले राहत दरवन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई पेशागत सुनिश्चिततासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश लगाएतका विविध मागका साथ राष्ट्रिय समिति गठन गरिएको जानकारी दिए । उनले सम्पूर्ण राहत शिक्षकहरुको बिरामी बिदाको अभिलेख कायम गरी अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका बखत आर्थिक सुविधा उपलव्ध गराउनुपर्ने माग गरे । 

त्यसैगरी खत्रीले राहत शिक्षकहरुलाई सरुवा गर्नुपर्ने, दुर्गम भत्ताको व्यवस्था गरिनुपर्ने बताए । आफूहरुको बिभिन्न ९ बुँदे माग पूरा नभए असार १५ गतेपछि आन्दोलनमा उत्रिने अध्यक्ष खत्रीले चेतावनी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् ।
शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै देशमा देखिएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन बन्द गर्ने निर्णय भएको जनाएको छ ।