नेभिगेशन
समाज

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला जेठ ७ देखि

काठमाडौँ । नेपालमा टिभीएस ब्राण्डको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौँ ‘भृकुटीमण्डप’ स्थित प्रदशनी स्थलमा आयोजना गरिने जानकारी गराइएको छ। उक्त मेलामा पुराना मोटरसाइकल वा स्कुटरहरूको साटासाट गरी नयाँ टिभीएस सवारीहरू घर लैजान सकिने व्यवस्था मिलाइएको छ। यस विशेष अवसरमा विभिन्न आकर्षक अफरहरू र मनोरञ्जनात्मक कार्यक्रमहरूको मजा लिन सकिनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेलाको अवधिभर साटिने सवारीका लागि न्यूनतम  ३० हजार रुपैयाँ मूल्याङ्कन प्रदान गरिनेछ। ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा उच्चतम मूल्याङ्कन सुनिश्चित गरिनेछ। ८ हजार रुपैयाँ सम्मको नगद छुट, थप मूल्याङ्कन सुविधाहरू, साथै शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने व्यवस्था पनि उपलब्ध गराइएको छ । जसमा नियम तथा सर्त लागू हुनेछन्। नयाँ सवारी खरिद गर्ने ग्राहकहरूलाई हेल्मेट, ब्याग, बाइक कभर र रेनकोट जस्ता आवश्यक एसेसोरिज निःशुल्क प्रदान गरिनेछ।

Ncell
Extreme Energy

मेला सुरु हुनुअघि, जेठ ६ गतेसम्म प्रि–बुकिङ गरिएको खण्डमा ग्राहकहरूलाई ५ हजार रुपैयाँ बराबरको उपहार प्रदान गरिनेछ।

मेलामा टिभीएसका विभिन्न सेग्मेन्टका मोडेलहरू प्रदर्शित गरिनेछन्। प्रिमियम सेग्मेन्टमा टिभीएस रोनिन र टिभीएस अपाचे सिरिजका बाइकहरू समावेश गरिनेछ। कम्युटर सेग्मेन्टमा टिभीएस रेडर र टिभीएस रेडियन प्रस्तुत गरिनेछ । त्यसै गरी स्कुटर सेग्मेन्टमा लोकप्रिय टिभीएस एनटर्क देख्न सकिनेछ भने, इलेक्ट्रिक सेग्मेन्टमा टिभीएस आईक्युब इलेक्ट्रिक समेत अवलोकन गर्न सकिनेछ। यी मोडेलहरू विभिन्न प्रयोगकर्ता आवश्यकतालाई ध्यानमा राखी प्रस्तुत गरिनेछन्।

कार्यक्रममा आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, वातानुकूलित प्रदर्शनी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो परिकारहरूको फूड स्टल र बालबालिकाका लागि खेलकुद, चित्र कोर्ने अवसर, र रमाइलो गतिविधिहरू रहेको विशेष बालमैत्री क्षेत्रको अनुभव लिन सकिनेछ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरणमा पूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ।

सवारी अद्यावधिक गर्न चाहने, नयाँ टिभीएस मोडेलबारे बुझ्न इच्छुक, वा केवल रमाइलो अनुभव लिन चाहने सबैजनालाई टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन आमन्त्रित गरिन्छ। मेला यही जेठ ७ देखि १२ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना गरिनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...