नेभिगेशन
समाज

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला जेठ ७ देखि

काठमाडौँ । नेपालमा टिभीएस ब्राण्डको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौँ ‘भृकुटीमण्डप’ स्थित प्रदशनी स्थलमा आयोजना गरिने जानकारी गराइएको छ। उक्त मेलामा पुराना मोटरसाइकल वा स्कुटरहरूको साटासाट गरी नयाँ टिभीएस सवारीहरू घर लैजान सकिने व्यवस्था मिलाइएको छ। यस विशेष अवसरमा विभिन्न आकर्षक अफरहरू र मनोरञ्जनात्मक कार्यक्रमहरूको मजा लिन सकिनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेलाको अवधिभर साटिने सवारीका लागि न्यूनतम  ३० हजार रुपैयाँ मूल्याङ्कन प्रदान गरिनेछ। ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा उच्चतम मूल्याङ्कन सुनिश्चित गरिनेछ। ८ हजार रुपैयाँ सम्मको नगद छुट, थप मूल्याङ्कन सुविधाहरू, साथै शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने व्यवस्था पनि उपलब्ध गराइएको छ । जसमा नियम तथा सर्त लागू हुनेछन्। नयाँ सवारी खरिद गर्ने ग्राहकहरूलाई हेल्मेट, ब्याग, बाइक कभर र रेनकोट जस्ता आवश्यक एसेसोरिज निःशुल्क प्रदान गरिनेछ।

Ncell
Extreme Energy

मेला सुरु हुनुअघि, जेठ ६ गतेसम्म प्रि–बुकिङ गरिएको खण्डमा ग्राहकहरूलाई ५ हजार रुपैयाँ बराबरको उपहार प्रदान गरिनेछ।

मेलामा टिभीएसका विभिन्न सेग्मेन्टका मोडेलहरू प्रदर्शित गरिनेछन्। प्रिमियम सेग्मेन्टमा टिभीएस रोनिन र टिभीएस अपाचे सिरिजका बाइकहरू समावेश गरिनेछ। कम्युटर सेग्मेन्टमा टिभीएस रेडर र टिभीएस रेडियन प्रस्तुत गरिनेछ । त्यसै गरी स्कुटर सेग्मेन्टमा लोकप्रिय टिभीएस एनटर्क देख्न सकिनेछ भने, इलेक्ट्रिक सेग्मेन्टमा टिभीएस आईक्युब इलेक्ट्रिक समेत अवलोकन गर्न सकिनेछ। यी मोडेलहरू विभिन्न प्रयोगकर्ता आवश्यकतालाई ध्यानमा राखी प्रस्तुत गरिनेछन्।

कार्यक्रममा आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, वातानुकूलित प्रदर्शनी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो परिकारहरूको फूड स्टल र बालबालिकाका लागि खेलकुद, चित्र कोर्ने अवसर, र रमाइलो गतिविधिहरू रहेको विशेष बालमैत्री क्षेत्रको अनुभव लिन सकिनेछ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरणमा पूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ।

सवारी अद्यावधिक गर्न चाहने, नयाँ टिभीएस मोडेलबारे बुझ्न इच्छुक, वा केवल रमाइलो अनुभव लिन चाहने सबैजनालाई टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन आमन्त्रित गरिन्छ। मेला यही जेठ ७ देखि १२ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना गरिनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध...
हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...