नेभिगेशन
समाज

टुँडिखेलमा भिभिआइपीहरुले यसरी मनाए १८ औँ गणतन्त्र दिवस (तस्विरहरु)

काठमाडौँ । अठारौँ गणतन्त्र दिवस टुँसडखेलका विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रममा मुलुकमा गौरवमय परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरियो ।
 
सोअवसरमा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्दै गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हो भने । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपप्रधानमन्त्री प्रकाशमान सिंह सहभागी थिए । 
 
त्यसअघि नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शनी गरी पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा काठमाडौँ महानगर, ललितपुर महानगर, कीर्तिपुर नगरपालिकालगायत स्थानीय तहले धिमे र नौमतिजासहित लाखे र खैचडी नाच प्रस्तुत गरेको थिए ।
 
मुलुकको विविधतासम्बन्धी महत्त्व झल्कने साँस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट मार्चपास प्रस्तुत भयो । गणतन्त्रको खुसियालीमा रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शान्तिको कामना गर्दै परेवा उडाइएको थियो ।
 
राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट बालबालिका तेक्वान्दो प्रदर्शनी  र सुरक्षा निकायकातर्फबाट सातै प्रदेशको विविधता झल्कने प्रकृतिको साँस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो । कार्यक्रममा सुरक्षा फौजकातर्फबाट संयुक्त ब्याण्ड प्रस्तुत भएको थियो ।
 
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको राजतन्त्र व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष आजको दिन गणतन्त्र दिवस मनाउने गरिएको हो ।
 
विभिन्न राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले पनि गणतन्त्र दिवसका अवसरमा यसको महत्त्व उजागार गर्ने विभिन्न कार्यक्रम आयोजना गरेका छन् । विदेशस्थित कूटनीतिक नियोगमा समेत गणतन्त्र दिवस मनाउने गरिएको छ ।
 
मन्त्रीगण, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व पनि गणतन्त्र समारोहमा भाग लिन टुँडिखेल पुगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ganatantra-diwas-2082-sidhakura_1-1748501022.jpg

Ncell
Extreme Energy

Ganatantra-diwas-2082-sidhakura_3-1748501021.jpg

Ganatantra-diwas-2082-sidhakura_4-1748501021.jpg

Ganatantra-diwas-2082-sidhakura_5-1748501020.jpg

Ganatantra-diwas-2082-sidhakura_6-1748501020.jpg

Ganatantra-diwas-2082-sidhakura_8-1748501019.jpg

Ganatantra-diwas-2082-sidhakura_7-1748501019.jpg

Ganatantra-diwas-2082-sidhakura_10-1748501018.jpg

Ganatantra-diwas-2082-sidhakura_9-1748501018.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...