नेभिगेशन
समाज

सुनसान सडक, भरिभराउ बसपार्क (तस्विरहरु)

काठमाडौँ । राइड सेयरिङ सेवा रोक्नुपर्ने मागसहित सुरु भएको सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलनले सोमबार काठमाडौँको जनजीवन प्रभावित बनाएको छ।

सडकहरू सुनसान छन्, तर बसपार्कहरूमा भने सवारीसाधनको भीड लागेको छ। आन्दोलनको घोषणाका कारण काठमाडौँका प्रमुख बसपार्कहरू—गोंगबु, जडिबुटी लगायतमा बस, माइक्रोबस, टेम्पो र ट्रकहरू पार्क गरिएका छन्।

CG

सार्वजनिक यातायात ग्यारेजमै थन्क्याउने निर्णयपछि सबै सवारीसाधनहरू बसपार्क र ग्यारेजतिरै थन्किएपछि ती स्थानहरू अस्वाभाविक रूपमा भरिभराउ भएका हुन्।

गोंगबुस्थित नयाँ बसपार्कमा दैनिक देशभरि छुट्ने लामो दूरीका बसहरू बिहानैदेखि पार्किङमै रोकिएका छन्। त्यतिमात्रै हैनन, उपत्यकामा चल्ने अधिकांश बसहरु पनि त्यहीँ पार्क गरिएका छन् । कतिपय बसमा चालक तथा सहचालकहरू नै बसेर आन्दोलनको समर्थनमा नारा लगाइरहेका छन् । 

बसपार्कभित्र बसको भिड भए पनि यात्रुहरूका लागि भने सेवा ठप्प हुँदा अप्ठ्यारो परेको छ। ‘बस त छन्, तर छुट्दैनन्’, बसपार्कमा भेटिएका एक यात्रुले भने, ‘घर जान भनेर आइएको, तर गाडी नै चलेन।’ 

व्यवसायीहरू सरकार राइड सेयरिङको नियमन गर्न उदासीन देखिएकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । उनीहरूको माग सुनुवाई नभएसम्म बसहरू नचलाउने उनीहरुको अडान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...

भर्खरै