नेभिगेशन
समाज

सुनसान सडक, भरिभराउ बसपार्क (तस्विरहरु)

काठमाडौँ । राइड सेयरिङ सेवा रोक्नुपर्ने मागसहित सुरु भएको सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलनले सोमबार काठमाडौँको जनजीवन प्रभावित बनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडकहरू सुनसान छन्, तर बसपार्कहरूमा भने सवारीसाधनको भीड लागेको छ। आन्दोलनको घोषणाका कारण काठमाडौँका प्रमुख बसपार्कहरू—गोंगबु, जडिबुटी लगायतमा बस, माइक्रोबस, टेम्पो र ट्रकहरू पार्क गरिएका छन्।

Ncell
Extreme Energy

सार्वजनिक यातायात ग्यारेजमै थन्क्याउने निर्णयपछि सबै सवारीसाधनहरू बसपार्क र ग्यारेजतिरै थन्किएपछि ती स्थानहरू अस्वाभाविक रूपमा भरिभराउ भएका हुन्।

गोंगबुस्थित नयाँ बसपार्कमा दैनिक देशभरि छुट्ने लामो दूरीका बसहरू बिहानैदेखि पार्किङमै रोकिएका छन्। त्यतिमात्रै हैनन, उपत्यकामा चल्ने अधिकांश बसहरु पनि त्यहीँ पार्क गरिएका छन् । कतिपय बसमा चालक तथा सहचालकहरू नै बसेर आन्दोलनको समर्थनमा नारा लगाइरहेका छन् । 

बसपार्कभित्र बसको भिड भए पनि यात्रुहरूका लागि भने सेवा ठप्प हुँदा अप्ठ्यारो परेको छ। ‘बस त छन्, तर छुट्दैनन्’, बसपार्कमा भेटिएका एक यात्रुले भने, ‘घर जान भनेर आइएको, तर गाडी नै चलेन।’ 

व्यवसायीहरू सरकार राइड सेयरिङको नियमन गर्न उदासीन देखिएकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । उनीहरूको माग सुनुवाई नभएसम्म बसहरू नचलाउने उनीहरुको अडान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...