नेभिगेशन
समाज

केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती, सचेत हुन विज्ञको सुझाव (तस्विरहरु)

काठमाडौँ । सिजन सुरु नहुँदै पाकेका आँप बजारमा बिक्री हुन थालेका छन् । नेपाली आँप असार लागेपछि मात्र तयार हुने भएपनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारीमार्फत घरघरमा पुगिरहेको छ ।

कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरुको सुझाव छ । सिजनमा प्राकृतिक रुपमा पाकेको फलफूलमात्र खान स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।

CG

कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ ।
 
राम्रो मूल्य आएको भन्दै किसानले व्यापारीलाई आँप बेचिरहेको पाइएको छ । यस्तो आँप स्वादिलो नहुने र पोषक तत्व पनि नपाइने जानकारहरु बताउँछन् ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन । असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । तर बजारमा भने बिक्री हुन थालेको धेरै भइसक्यो ।

यही साता धनगढी उपमहानगरले विषादी प्रयोग गरिएको २ हजार २७६ किलो आँप नष्ट गरेको थियो । काठमाडौँमा भने यसको प्रभावकारी अनुगमन भएको छैन । 
काठमाडौँ महानगरपालिकाले यसै साता कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको थियो । त्यसमा तरकारीसँगै लिचीको विषादी परीक्षण भएको थियो । लिचीमा भने विषादी पाइएको थिएन ।

Mango-9-1749100299.jpg

Mango-10-1749100299.jpg

Mango-11-1749100299.jpg

Mango-12-1749100299.jpg

Mango-5-1749100298.jpg

Mango-6-1749100298.jpg

Mango-7-1749100298.jpg

Mango-4-1749100297.jpg

Mango-3-1749100297.jpg

Mango-1-1749100296.jpg

Mango-2-1749100296.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...