नेभिगेशन
समाज

सर्वसाधारणका लागि १० वर्षपछि खुल्यो बालाजु पौडीपोखरी, कति लाग्छ शुल्क ? (तस्विरहरु)

काठमाडौँ । बालाजु पौडीपोखरी १० वर्षपछि पुनः सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौं महानगरपालिकाले मर्मत सम्भार गरी पोखरी खुला गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कानपा–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले पूजाआजा गरेपछि पोखरी सबैका निम्ति खुला गरिएको हो । २०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो ।

Ncell
Extreme Energy

पौडीको पूरा शुल्क २ सय रुपैयाँ राखिएको छ । मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ । सिजनल सदस्यहरुका लागि १२ हजार रुपैयाँ तोकिएको छ ।

विद्यार्थीहरुलाई छुट प्रदान गरेर १५० रुपैयाँ तोकिएको छ । २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ । लकर सुविधा लिएवापत ५० रुपैयाँ लाग्नेछ । 

यो पोखरी १८ लाख लिटर क्षमताको हो । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ तीनदेखि १० फिटसम्म रहेको छ । पोखरीमा प्रयोग हुने पानीको शुद्धीकरणका निम्ति प्लान्ट स्थापना गरिएको छ । पानीको पीएच र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको महानगरले जनाएको छ ।

पौडीपोखरीमा १५० जना क्षमताको दर्शक बस्ने ठाउँ पनि छ । यसैगरी व्यवस्थित शौचालय र स्नान घर रहेको छ साथै लकरको व्यवस्था गरिएको छ । सुरक्षाका लागि लाइफ गार्डको व्यवस्था गरिएको छ।

Swimming-Pool-1749105047.jpg

Swimming-Pool-5-1749105045.jpg

Swimming-Pool-4-1749105043.jpg

Swimming-Pool-3-1749105043.jpg

Swimming-Pool-4-1749105036.jpg

Swimming-Pool-1-1749105034.jpg

Swimming-Pool-2-1749105034.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...