नेभिगेशन
समाज

सर्वसाधारणका लागि १० वर्षपछि खुल्यो बालाजु पौडीपोखरी, कति लाग्छ शुल्क ? (तस्विरहरु)

काठमाडौँ । बालाजु पौडीपोखरी १० वर्षपछि पुनः सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौं महानगरपालिकाले मर्मत सम्भार गरी पोखरी खुला गरेको हो ।

कानपा–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले पूजाआजा गरेपछि पोखरी सबैका निम्ति खुला गरिएको हो । २०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो ।

CG

पौडीको पूरा शुल्क २ सय रुपैयाँ राखिएको छ । मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ । सिजनल सदस्यहरुका लागि १२ हजार रुपैयाँ तोकिएको छ ।

विद्यार्थीहरुलाई छुट प्रदान गरेर १५० रुपैयाँ तोकिएको छ । २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ । लकर सुविधा लिएवापत ५० रुपैयाँ लाग्नेछ । 

यो पोखरी १८ लाख लिटर क्षमताको हो । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ तीनदेखि १० फिटसम्म रहेको छ । पोखरीमा प्रयोग हुने पानीको शुद्धीकरणका निम्ति प्लान्ट स्थापना गरिएको छ । पानीको पीएच र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको महानगरले जनाएको छ ।

पौडीपोखरीमा १५० जना क्षमताको दर्शक बस्ने ठाउँ पनि छ । यसैगरी व्यवस्थित शौचालय र स्नान घर रहेको छ साथै लकरको व्यवस्था गरिएको छ । सुरक्षाका लागि लाइफ गार्डको व्यवस्था गरिएको छ।

Swimming-Pool-1749105047.jpg

Swimming-Pool-5-1749105045.jpg

Swimming-Pool-4-1749105043.jpg

Swimming-Pool-3-1749105043.jpg

Swimming-Pool-4-1749105036.jpg

Swimming-Pool-1-1749105034.jpg

Swimming-Pool-2-1749105034.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...