नेभिगेशन
समाज

तङ्ग्रिन खोज्दै राजावादीले आगो लगाएको सन्चो कारखाना (तस्बिरहरू)

काठमाडौँ । चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको सभाले हिंसात्मक रूप लिँदा दुई जनाले ज्यान नै गुमाएका थिए भने दर्जनौँ मानिसहरू घाइते भएका थिए । त्यस्तै आन्दोलनकारीहरूले सार्वजनिक तथा निजी संरचनाहरू तोडफोड र आगजनी गरेका थिए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही सभा बिथोलिँदा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन। कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाएर पूर्ण रूपमा प्रयोगविहीन नै बनाइएको थियो। यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरूले गर्ने र उत्पादित बस्तुको बजारीकरण देखिका कामहरू केन्द्रीय कार्यालयले गर्ने हुँदा सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भयो । 

Ncell
Extreme Energy

उक्त कम्पनी पुनः सञ्चालनमा कहिले आउला भन्ने निराशाका बिच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको छ । यस कार्यका लागि वन तथा वातावरण मन्त्रालयको सहजीकरण र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा सिसा राख्न सहयोग गरेको छ भने उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरिएको छ । 

आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रूपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन । 

अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन भइरहेको छ । 

Jadibuti-Sancho-Udhyog_10-1749445392.jpg

Jadibuti-Sancho-Udhyog_11-1749445392.jpg

Jadibuti-Sancho-Udhyog_12-1749445392.jpg

Jadibuti-Sancho-Udhyog_7-1749445391.jpg

Jadibuti-Sancho-Udhyog_8-1749445391.jpg

Jadibuti-Sancho-Udhyog_9-1749445391.jpg

Jadibuti-Sancho-Udhyog_2-1749445390.jpg

Jadibuti-Sancho-Udhyog_3-1749445390.jpg

Jadibuti-Sancho-Udhyog_4-1749445390.jpg

Jadibuti-Sancho-Udhyog_5-1749445390.jpg

Jadibuti-Sancho-Udhyog_1-1749445389.jpg

Jadibuti-Sancho-Udhyog-1749445389.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...