नेभिगेशन
समाज

तङ्ग्रिन खोज्दै राजावादीले आगो लगाएको सन्चो कारखाना (तस्बिरहरू)

काठमाडौँ । चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको सभाले हिंसात्मक रूप लिँदा दुई जनाले ज्यान नै गुमाएका थिए भने दर्जनौँ मानिसहरू घाइते भएका थिए । त्यस्तै आन्दोलनकारीहरूले सार्वजनिक तथा निजी संरचनाहरू तोडफोड र आगजनी गरेका थिए। 

सोही सभा बिथोलिँदा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन। कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाएर पूर्ण रूपमा प्रयोगविहीन नै बनाइएको थियो। यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरूले गर्ने र उत्पादित बस्तुको बजारीकरण देखिका कामहरू केन्द्रीय कार्यालयले गर्ने हुँदा सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भयो । 

CG

उक्त कम्पनी पुनः सञ्चालनमा कहिले आउला भन्ने निराशाका बिच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको छ । यस कार्यका लागि वन तथा वातावरण मन्त्रालयको सहजीकरण र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा सिसा राख्न सहयोग गरेको छ भने उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरिएको छ । 

आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रूपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन । 

अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन भइरहेको छ । 

Jadibuti-Sancho-Udhyog_10-1749445392.jpg

Jadibuti-Sancho-Udhyog_11-1749445392.jpg

Jadibuti-Sancho-Udhyog_12-1749445392.jpg

Jadibuti-Sancho-Udhyog_7-1749445391.jpg

Jadibuti-Sancho-Udhyog_8-1749445391.jpg

Jadibuti-Sancho-Udhyog_9-1749445391.jpg

Jadibuti-Sancho-Udhyog_2-1749445390.jpg

Jadibuti-Sancho-Udhyog_3-1749445390.jpg

Jadibuti-Sancho-Udhyog_4-1749445390.jpg

Jadibuti-Sancho-Udhyog_5-1749445390.jpg

Jadibuti-Sancho-Udhyog_1-1749445389.jpg

Jadibuti-Sancho-Udhyog-1749445389.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...