नेभिगेशन
समाज

सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ । आइतबार रास्वपा र राप्रपाको प्रदर्शन र विरोधका बिच सभामुखले बैठक पेलेर अघि बढाएपछि राप्रपाले बैठक बहिस्कार गरेको हो । 
आफूहरुको विरोधका बिच सभामुखले आकस्मिक मात्रै नभएर बजेटमाथिको छलफल समेत प्रारम्भ गरेपछि राप्रपाका सांसदले बैठक छोडेर निस्किएका हुन् । रास्वपाले बेल घेराउ गर्दै गर्दा आसनमै उभिएका राप्रपाका सांसद बैठक बहिस्कार गरेका हुन् । 

बैठक सुचारु हुनासाथ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा दादागिरी चलेको बताएका थिए। विपक्षी दलका सांसदहरुले संसदमा भिजिट भिसा प्रकरणलाई लिएर नारावाजी गरिरहेको समयमा पेलेर संसद चलाउनु दादागिरी भएको र सो दादागिरी बन्द गर्न उनले आग्रह गरेका थिए । उनले भनेका थिए, ‘संसदमा यसरी आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ र त्यही भएर कुरा केही नराखी, उहाँहरू पनि, हामीहरू पनि जनताले जितेको जनप्रतिनिधि हौँ । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुहोस्। अरू कुरा केही नगरी यसरी संसद चलाउनु यो चाहिँ संसदीय अभ्यास होइन, यो दादागिरी हो । दादागिरी बन्द गर्नुस्, धन्यवाद।’

CG

आइतबारको संसदमा विपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर विरोध जनाएका छन् । 

Raprapa-__bahiskar-_4-1749975057.jpg

Raprapa-__bahiskar-_2-1749975056.jpg

Raprapa-__bahiskar-_3-1749975056.jpg

Raprapa-__bahiskar-_3-1749975050.jpg

Raprapa-__bahiskar-_1-1749975049.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...