नेभिगेशन
समाज

सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ । आइतबार रास्वपा र राप्रपाको प्रदर्शन र विरोधका बिच सभामुखले बैठक पेलेर अघि बढाएपछि राप्रपाले बैठक बहिस्कार गरेको हो । 
आफूहरुको विरोधका बिच सभामुखले आकस्मिक मात्रै नभएर बजेटमाथिको छलफल समेत प्रारम्भ गरेपछि राप्रपाका सांसदले बैठक छोडेर निस्किएका हुन् । रास्वपाले बेल घेराउ गर्दै गर्दा आसनमै उभिएका राप्रपाका सांसद बैठक बहिस्कार गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक सुचारु हुनासाथ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा दादागिरी चलेको बताएका थिए। विपक्षी दलका सांसदहरुले संसदमा भिजिट भिसा प्रकरणलाई लिएर नारावाजी गरिरहेको समयमा पेलेर संसद चलाउनु दादागिरी भएको र सो दादागिरी बन्द गर्न उनले आग्रह गरेका थिए । उनले भनेका थिए, ‘संसदमा यसरी आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ र त्यही भएर कुरा केही नराखी, उहाँहरू पनि, हामीहरू पनि जनताले जितेको जनप्रतिनिधि हौँ । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुहोस्। अरू कुरा केही नगरी यसरी संसद चलाउनु यो चाहिँ संसदीय अभ्यास होइन, यो दादागिरी हो । दादागिरी बन्द गर्नुस्, धन्यवाद।’

Ncell
Extreme Energy

आइतबारको संसदमा विपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर विरोध जनाएका छन् । 

Raprapa-__bahiskar-_4-1749975057.jpg

Raprapa-__bahiskar-_2-1749975056.jpg

Raprapa-__bahiskar-_3-1749975056.jpg

Raprapa-__bahiskar-_3-1749975050.jpg

Raprapa-__bahiskar-_1-1749975049.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै