नेभिगेशन
समाज

जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान (तस्विरहरु)

काठमाडौँ । पैदलयात्रुलाई सडक पार गर्न कि आकाशे पुलको व्यवस्था गरिएको हुन्छ कि त सडकमै सेतो लामो धर्काहरु बनाएर चिनो लगाइएको हुन्छ, जसलाई जेब्रा क्रसिङ भनिन्छ । जेब्रा क्रसिङ यात्रुलाई बाटो काट्नका लागि बनाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ । जेब्रा क्रसिङको लाइन सुरु हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ । ट्राफिक नियमको उल्लंघन गरेमा जरिवाना लाग्ने सूचनाहरु पनि ठाउँठाउँमा टाँगिएका हुन्छन् । त्यसमाथि नियम पालना गराउन ट्राफिक प्रहरीसमेत सडकमा खटिएकै हुन्छन् ।

Ncell
Extreme Energy

जेब्रा क्रसिङ पैदल यात्रुका लागि हो तर सवारी चालकले यो कुरा बुझेर पनि अटेर गरिरहेको देखिन्छ । जेब्रा क्रसिङमै गाडी, मोटरसाइकल रोकेको देखेर पनि ट्राफिक प्रहरी टुलुटुलु हेरिरहेका देखिन्छन् । अझ कुनै–कुनै सार्वजनिक गाडीका चालकले त जेब्रा क्रसमै घ्याच्च बस रोकेर यात्रु चढाएको समेत देखिन्छ ।

जेब्रा क्रसिङबाट बाटो काट्न समेत डराउनुपर्ने अवस्था आएको यात्रुहरु अनुभव सुनाउँछन् । ‘जेब्रा क्रसिङमा त पैदल यात्रुले ढुक्क भएर बाटो काट्न पाउनुपर्ने हो नि तर हात दिँदा पनि रोक्दैनन् । सवारी चालक त गैरजिम्मेवार भए नै, ट्राफिक समेत टुलुटुलु हेरेर बस्छन्,’ माइतीघरको जेब्रा क्रसिङबाट बाटो काट्न लागेका एक पैदल यात्रुले भने । जेब्रा क्रसिङको मतलब नगर्नेमा मोटरसाइकल र सार्वजनिक सवारीसाधन अगाडि रहेको उनको अनुभव छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारीसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख छ। यो दफाले भन्छ–जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेकोमा गाडी रोक्नुपर्छ। तर सडकमा हेर्‍यो भने जेब्रा क्रसिङ कहिल्यै खाली हुँदैनन् । गाडी रोकेर बटुवालाई सडक वारपार गर्न दिएको विरलै भेटिन्छ।

risk-at-zebra-crossing_3-1750050444.jpg

risk-at-zebra-crossing_5-1750050446.jpg

risk-at-zebra-crossing_4-1750050446.jpg

risk-at-zebra-crossing-1750050442.jpg

risk-at-zebra-crossing_1-1750050442.jpg

risk-at-zebra-crossing_4-1750050453.jpg

risk-at-zebra-crossing_5-1750050453.jpg

risk-at-zebra-crossing_7-1750050454.jpg

risk-at-zebra-crossing_6-1750050454.jpg

risk-at-zebra-crossing_11-1750050459.jpg

risk-at-zebra-crossing_10-1750050458.jpg

risk-at-zebra-crossing_9-1750050457.jpg

risk-at-zebra-crossing_8-1750050456.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...