नेभिगेशन
समाज

जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान (तस्विरहरु)

काठमाडौँ । पैदलयात्रुलाई सडक पार गर्न कि आकाशे पुलको व्यवस्था गरिएको हुन्छ कि त सडकमै सेतो लामो धर्काहरु बनाएर चिनो लगाइएको हुन्छ, जसलाई जेब्रा क्रसिङ भनिन्छ । जेब्रा क्रसिङ यात्रुलाई बाटो काट्नका लागि बनाइएको हो ।

ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ । जेब्रा क्रसिङको लाइन सुरु हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ । ट्राफिक नियमको उल्लंघन गरेमा जरिवाना लाग्ने सूचनाहरु पनि ठाउँठाउँमा टाँगिएका हुन्छन् । त्यसमाथि नियम पालना गराउन ट्राफिक प्रहरीसमेत सडकमा खटिएकै हुन्छन् ।

CG

जेब्रा क्रसिङ पैदल यात्रुका लागि हो तर सवारी चालकले यो कुरा बुझेर पनि अटेर गरिरहेको देखिन्छ । जेब्रा क्रसिङमै गाडी, मोटरसाइकल रोकेको देखेर पनि ट्राफिक प्रहरी टुलुटुलु हेरिरहेका देखिन्छन् । अझ कुनै–कुनै सार्वजनिक गाडीका चालकले त जेब्रा क्रसमै घ्याच्च बस रोकेर यात्रु चढाएको समेत देखिन्छ ।

जेब्रा क्रसिङबाट बाटो काट्न समेत डराउनुपर्ने अवस्था आएको यात्रुहरु अनुभव सुनाउँछन् । ‘जेब्रा क्रसिङमा त पैदल यात्रुले ढुक्क भएर बाटो काट्न पाउनुपर्ने हो नि तर हात दिँदा पनि रोक्दैनन् । सवारी चालक त गैरजिम्मेवार भए नै, ट्राफिक समेत टुलुटुलु हेरेर बस्छन्,’ माइतीघरको जेब्रा क्रसिङबाट बाटो काट्न लागेका एक पैदल यात्रुले भने । जेब्रा क्रसिङको मतलब नगर्नेमा मोटरसाइकल र सार्वजनिक सवारीसाधन अगाडि रहेको उनको अनुभव छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारीसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख छ। यो दफाले भन्छ–जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेकोमा गाडी रोक्नुपर्छ। तर सडकमा हेर्‍यो भने जेब्रा क्रसिङ कहिल्यै खाली हुँदैनन् । गाडी रोकेर बटुवालाई सडक वारपार गर्न दिएको विरलै भेटिन्छ।

risk-at-zebra-crossing_3-1750050444.jpg

risk-at-zebra-crossing_5-1750050446.jpg

risk-at-zebra-crossing_4-1750050446.jpg

risk-at-zebra-crossing-1750050442.jpg

risk-at-zebra-crossing_1-1750050442.jpg

risk-at-zebra-crossing_4-1750050453.jpg

risk-at-zebra-crossing_5-1750050453.jpg

risk-at-zebra-crossing_7-1750050454.jpg

risk-at-zebra-crossing_6-1750050454.jpg

risk-at-zebra-crossing_11-1750050459.jpg

risk-at-zebra-crossing_10-1750050458.jpg

risk-at-zebra-crossing_9-1750050457.jpg

risk-at-zebra-crossing_8-1750050456.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...

भर्खरै